Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

चाडपर्व नजिकिदै जादा बजार अनुगमन तिव्र

कपिलवस्तु
चाडपर्व नजिकिदै जादा कपिलवस्तुमा बजार अनुगमनले तिव्रता पाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा नियमन निकायबाट चाडपर्व केन्द्रित बजार अनुगमनले तिव्रता पाएको हो । केहि दिन पहिला चन्द्रौटा र हिजो कृष्णनगर बजारमा अनुगमन गरिएको छ ।
भारतीय सिमा क्षेत्र बटा सटेको बजार कृष्णनगरको अनुगमन गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रको कृष्णनगर बजारमा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा, इलाका प्रशासन कार्यालय चन्द्रौटा तथा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तुको संयोजनमा कृष्णनगर बजार अनुगमन गरिएको छ ।

बजार अनुगमनमा ७० प्रतिशत व्यवसाय विना दर्ता संचालनमा रहेको भेटिएको छ । विना दर्ता संचालनमा रहेका व्यवसायहरु घरेलु तथा साना उद्योग कार्यालय तौलिहवामा अनिवार्य रुपमा दर्ता गर्नुपर्ने प्रावधान भएपनि ती पसलहरु दर्ता नभएको कार्यालयले जनाएको छ । दर्ता नभएका व्यवसायलाई १५ दिन भित्र कार्यालयमा आई दर्ता गर्न निर्देशन गरेको कार्यालय प्रमुख राजन केसीले जानकारी दिनुभयो । विना दर्ता संचालनमा रहेका पसलहरु आन्तरिक राजश्व कार्यालय कृष्णनगरबाट पान नम्बर लिएर मात्र व्यवसाय संचालन गरेको पाइएको हो ।
शुक्रबार कृष्णनगर बजार अनुगमन गर्दा म्याद गुज्रेका अखाद्य बस्तुहरु भेटिएको छ । जसमा तेल, गरम मसला, सब्जी मसला र बदामहरु भेटिएको र ती अखाद्य बस्तुलाई नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । कृष्णनगर बजारमा अधिकांश पसलहरुमा मूल्य सूची नराखेको, होटल रेष्टुरेन्ट अव्यवस्थित र किचेन फोहोरमैला रहेको पाइएको छ । किराना, खाद्यान्न, गल्ला, होटल रेष्टुरेन्ट, मिठाई, दुध डेरी लगाएतका बजारका २० पसलमा अनुगमन गरिएको थियो । गत हप्ता शिवराज नगरपालिकामा अनुगमन गरिएको थियो ।


दैनिक उपभोग्य वस्तुमा स्वच्छता तथा गुणस्तर कायम राख्न चाडपर्वका समयमा कपिलवस्तुमा बजार अनुगमन शुरु भएको हो । अखाद्य तथा गुणस्तरहीन उपभोग्य बस्तुको विक्री वितरणमा नियन्त्रण गर्न चाडपर्व लक्षित बजार अनुगमन शुरु भएको छ । पछिल्लो समय बजारमा म्याद गुज्रेका सामानहरुको खुलेयाम विक्री वितरण हुन थालेपछि सम्वन्धित निकायबाट बजार अनुगमन शुरु भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रदेश ५ सरकारले चाडपर्वको समयमा जनतालाई उपभोग्य बस्तुमा गुणस्तरियता र मुल्यमा सहजता कायम राख्ने बिषयमा विभिन्न निकायसंग आवश्यक समन्वय र सहकार्य गरिसेकेको छ । मन्त्रालयले बजारको नियमित अनुगमन, चाडपर्व लक्षित सुपथ पसलहरुको संचालनमा जोड दिदै सहज आपूर्तिको व्यवस्था मिलाउने योजना निर्माण समेत गरिसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP