इंग्लिस प्रिमियर लिग : वेस्टह्याम रेलिगेशनबाट जोगियो, वाटफोर्ड पराजित

काठमााडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम रेलिगेशनबाट जोगिएको छ । शुक्रबार राति भएको खेलमा वार्टफोर्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै यो सिजन वेस्टह्याम जोगिएको हो ।

वेस्टह्यामको जितमा मिचेल एन्टोनियो, टोमा सौक र डेक्लान रइसले एक एक गोल गर्दा टोरी डेनीले वार्टफोर्डका लागि एक गोल फर्काएका थिए । खेल सुरु भएको छैटौं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्टह्यामका लागि अग्रता दिलाएका थिए । यसैगरी दशौं मिनेटमा सौकले गोल गर्दै अग्रता दोब्बर बनाए । ३६ औं मिनेटमा रइसले गोल गर्दै ३–० को अग्रता दिलाए ।

सुरुदेखि दबाबमा राखेको वेस्टह्यामले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । पहिलो हाफमा वाटफोर्डलाई दबाबमा राखेको वेस्टह्यामले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । उल्टै वाटफोर्टका लागि डेनीले ४९ औं मिनेटमा एक गोल फर्काएका थिए ।

त्यसपछि थप गोल नभएपछि वेस्टह्याम विजयी भयो । जितसँगै प्रिमियर लिगमा ३७ अंक बनाउँदै वेस्टह्याम १५ औं स्थानमा रहँदा वाटफोर्ड भने ३४ अंकका साथ १७ औं स्थानमा छ । वाटफोर्डलाई रेलिगेशनबाट जोगिन संघर्ष गर्नुपर्ने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP