कार र ट्र पूर्वी नवलपरासीमा पाँचजनाको मृत्यु

पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको कावासोती–८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ । राति करिब सवा १० बजे खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किँदा कारमा सवार पाँच जना पुरुषको मृत्युु भएको हो ।

मृतक पाँचै जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवनतर्फ पठाएको थियो । तर, उनीहरु सबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP