Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

‘बर्ष दिन बितेको’ तीज गीत ल्याएर आईन् गायिका सीता रसाइली (भिडियोसहित)

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिएसंगै तीजका गीतहरु बजारमा आउनेक्रमपनि दिनदिनै बढिरहेको छ । तर यो वर्ष तीज गीतलाईपनि कोरोनाले प्रभाव पारेको छ ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाले नेपालमापनि निकै असर गरेको छ । कोरोनाका कारण तीजका गीत अघिल्लो बर्षको तुलनामा थोरै र केहि समय ढिला आईरहेका छन् । यहि क्रममा गायिका सीता रसाइलीको तीज गीत ‘बर्ष दिन बितेको’ सार्वजनिक भएको छ ।

खाने, लाउने र तडक भडक देखाउने होडबाजीमा तीज पर्व दुरुपयोग भइरहेको चर्को टिका टिप्पणीका बिच तीजलाइ समाज रुपान्तरणको खुड्किला बनाउन सकिन्छ भन्ने एउटा अभियान पूरा भएको छ ।

मानवीय मुल्यलाई केन्द्रमा राखेर, समानता कायम राख्न र जातिय अहंकार बन्द गर्न आग्रह गर्दै संचारकर्मा रसाइलीको सन्देश मुलक तीज गीत सार्वजनिक भएको हो ।

सामाजिक न्याय र मानव मर्यादालाई संरक्षण गर्न तयार पारिएको म्युजिक भिडियो बजारमा आएलगत्तै संगीतलाई समतासंग जोडेर अघि वढ्ने प्रयास साकार भएको प्रतिक्रिया सार्वजनिक भएको छ ।

जातीय जालो हटाउन, जातीय जंजीर तोड्न, जातीय जाँतोको दलन फोर्न र मानव अधिकारको सन्देश दिन सार्वजनिक गरिएको गीत डा. मोम विश्वकर्माले प्रस्तुत गरेका हुन । गीतमा विवि अनुरागीको संगीत छ ।

शंकर विसीले निर्देशन गरेको म्युजिक भिडियोमा अन्जली अधिकारीको विशेष अभिनय छ भने बन्दना नेपाल र उत्सब घिमीरे लगायतलको अभिनय छ। भिडियोको नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=5YcHkj-rSyk&feature=emb_title

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP