Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

राष्ट्रिय टोलीको प्रशिक्षण भदौ १ बाट सुरु गर्ने एन्फाको तयारी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ बाट गर्ने तयारी थालिएको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण स्थगित राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ देखि फेरि सुरु गर्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको हो ।

सरकारले २०७६ चैत ११ देखि लकडाउन लागु गरेसँगै फुटबल टोलीको प्रशिक्षण पनि प्रभावित भएको थियो । सरकारले चार महिनापछि बुधबार लकडाउन खुल्ला गरेपछि अब खेलकुदको लागि प्रशिक्षण गर्ने बाटो खुलेको हो ।

नेपालले विश्वकप छनोटअन्तर्गत अक्टोबर(नोभेम्बरमा घरेलु मैदानमा खेल्दैछ । त्यसैका लागि एन्फाले लकडाउन जारी रहेकै बेला जुलाई पहिलो सातादेखि प्रशिक्षण सुरु गर्न पहल गरेको थियो । तर युवा तथा खेलकुद मन्त्रालय हुँदै सीसीएमसीसम्म उक्त एजेन्डा पुगे पनि पास हुन सकेको थिएन । अब सरकारले लकडाउन खुल्ला गर्दै भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रशिक्षक र प्रारम्भिक चरणका खेलहरु सुरु गर्न सकिने निर्णय गरेपछि एन्फा पनि फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारीमा लागेको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार प्रशिक्षणका निम्ती एन्फाले विभिन्न चरणमा काम गरिरहेको छ । लकडाउन खुलेपछि खेलाडीहरु पनि प्रशिक्षण गर्न पाइने खबरले खुशी र उत्साहित छन् । खेलाडीहरुलाई यहि १७ गतेसम्म काठमाडौं बोलाइएको र उनीहरुलाई होटलमा राखेपछि पीसीआरको परीक्षण गरेर क्याम्प राखिने र १ गतेदेखि प्रशिक्षण सुरु गर्ने तयारी रहेको अध्यक्ष राईले बताए । खेलाडीहरुलाई दुई साता जति होटलमा राखिने भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP