कोरोना संक्रमित बढेपछि दैलेखको ठाँटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी

काठमाडौं । दैलेखको ठाँटीकाँध गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ।

हिजो ठाँटीकाँध गाउँपालिकाका समुदायका ७३ जना मानिसको स्वाब संकलन गरी परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

समुदायमा थप संक्रमण फैलन नदिन आज मध्यान्नदेखि निषेधाज्ञा जारी गरिएको कोरोना रोकथाम बिपद् व्यवस्थापन समिति दैलेखले जनाएको छ ।

सरकारले लकडाउन हटाएपनि दैलेखको समुदायस्तरमा कोरोना फैलिएको शंकामा परीक्षणलाई तीव्र पारिएको छ ।  दैलेखको नारायण नगरपालिकाका ९६ जनाको स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP