Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

कपिलवस्तुमा ३७ जना भित्र डेंगु संक्रमित भेटिए:हेर्नुहोस कहा कति भेटिए

कपिलवस्तु

 कपिलवस्तुमा डेंगुको संक्रमण फैलिदै ३७ जना भित्र डेंगु संक्रमित  रोग भेटिएको छ  । डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा यसको संक्रमण बढदै गएको हो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा असोज ६ गते सम्म ३७ जनामा  डेङ्गु संक्रमित फेला परेको छ । जसमध्ये पिपरा अस्पतालमा ३३ र कपिलवस्तु अस्पतालमा ४ जना संक्रमति फेला परेको हुन ।

            स्वास्थ्य कार्यालयका बरिष्ठ जन स्वास्थ्य प्रशासक योगेन्द्र भगतले जिल्लामा डेंगु फैलिदै गएको बताए । जिल्लाका दुइ सरकारी अस्पतालमा डेंगुको परिक्षण गरिए पछि त्यसको संक्रमितहरु भेटिएको उनले बताए ।  २ सता अघि देखि ती दुई अस्पतालमा डेंगुको किट मार्फत परिक्षण गर्ने सुर गरिएको थियो । त्यस अघि जिल्लाका सरकारी अस्पतालमा डेंगु किट नहुदा परिक्षण हुदैन थियो । बाणगंगा नगरपालिकाले पिपरा अस्पताल र कपिलस्तु नगरपालिकाको वडा नम्बर १ ले कपिलस्तु अस्पताललाई डेंगु किट उपलब्ध गराएको छ ।

            त्यस यता मात्र जिल्लाका ती दुइ सकारी अस्पतालमा डेंगुको निःशुल्क परिक्षण हुदै आएको छ । पिरामा भेटिएका मध्ये २६ जना बाणगंगाका , ६ जना बुद्धभुमिका र १ जना रुपन्देहिको सैनामैनाका रहेको वाणगंगाका स्वास्थ्य शाखाका सह संयोजक कमल ज्ञवालीले बताए ।उनले बाणगंगा नगरपालिकाबाट डेंगु परिक्षणका लागि निःशुल्क किट वितरण गरेसंगै विरामीको चाप बढेको बताए । डेंगुका सामान्य विरामीका लागि यसै अस्पतालमा उपचार गरेको र केहीलाई बुटवल रिफर गरिएको अस्पतालकि मेडिकल अधिकृत रंजिता कुमार महत्वले बताईन । गत १ महिना यता उपचार गराउन आउनेहरु मध्ये अधिकासं विरामी डेंगु लागेको हुनसक्ने भन्दै ससंकित हुने गरेको उनले बताईन ।

            पछिल्लो समय भाईरलका विरामीको समेत चाप बढ्को छ । पिपरा अस्पतालमा दैनिकजसो ३ सय देखि ५ सय सम्म र कपिलस्तु अस्पतालमा दैनिक ढेड देखि दुई सय सम्म बिरामीहरु उपचारकालागि आउने गरेका छन । भाईरल ज्वरो र डेंगुको लक्षण मिल्लदो जुल्दो रहेकोले अस्पतालमा अहिले चाप निकै बढेको कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले बताए । ‘ निःशुल्क जाच हुने भएकाले शंका लागे पछि बिरामीहरु उपचारमा आउछन ’ उनले भने । उता उपभोत्ता हकहीत संरक्षण मँचका सदस्य मनोज श्रीवस्तवले जिल्लामा रहेका १० पालिकाहरुले डेंगु नियन्त्रणकालागि प्रभावकारी कदम नचालेको बताए । ‘ केही पालिकाले डेंगुका बिषयमा चासो लिएका छन तर त्यो प्रर्याप्त छैन ’ उनले भने ।  उनले यस बिषयमा गाउ बस्तीमा सचेतना फैलाउनु पर्ने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP