
एजेन्सी । इंग्ल्यान्ड जारी तीन टेष्टको क्रिकेट श्रृखला अन्र्तगत आजबाट अन्तिम खेल सुरु हुँदै छ । घरेलु टोली इंग्ल्यान्ड वेष्ट इन्डिजसँग तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा आज (शुक्रबार) भिड्न लागेको हो ।
दुबै टोलीबीचको आजको खेल निकै महत्वपुर्ण रहेको छ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा सुरु हुने खेलमा दुवै टिम अन्तिम टेष्टमा जित निकाल्दै सिरिजमाथी कब्जा गर्ने योजनाका साथ दुबै टोली मैदानमा उत्रिने भएका छन् । दुई टोलीबीचको तीन खेलको सिरिज १–१ को बराबरीमा रहेको छ ।
जारी प्रतियागितामा यस अघि पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले बिजयी थियो भने दोस्रो टेष्टमा १ सय १३ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो । अन्तिम टेष्टका लागि इंग्ल्यान्डका बलर आर्चर जोफ्रा टिममा फर्किएका छन् ।
यस अघि कोभिड(१९ को जैविक सुरक्षाको नियम उलंघन गरेपछि आर्चर दोस्रो टेष्टमा टिममा थिएनन् । यस्तै जेम्स एण्डरसन र मार्क वुडलाई समेत टिममा राखिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया