Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

प्रहरीको सफलता : हराएका १५ थान मोवाइल फेला


माधव बेल्वासे
कपिलवस्तु असोज ८
वडा प्रहरी कार्यलय चन्दौटाले २ वर्ष यता हराएका १५ थान मोवाईल गत एक हप्ता भित्र फेला पारेको छ । शिवराज नगरपालिका तथा आसपास क्षेत्रका स्थानियहको विभिन्न समयमा हराएका मोवाईल प्रहरी टोली फेला परेको हो । मोवाईल हराएपछी प्रहरी कार्यलयमा निवेदन दिएकाहरुको मावाईल आइ एम ई आई कोड मार्फत पत्ता लगाई कपिलवस्तु,रुपन्देही दाङ लगाएत अन्य क्षेत्र वाट वरामद गरिएको प्रहरी निरिक्षक मोतिलाल योञ्जनले वताए ।
शिवराज नगरपालिका ५ चन्द्रौटाका लंक हमालको पकडीमा,प्रभुनाथ कुर्मीको पिपरीमा,राम वहादुर भण्डारीको शिवराज ५ चन्द्रौटमा,घरश्याम बेल्वासेको कुशहवामा,वालकिशन चौधरीको दाङमा,बिरेन्द्र चौकरीको सैनामैना,मसव खानको बिसनपुरमा,विशाल सुवेदीको पनि विसनपुरमा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै सिता थारुको शिवराज नगरपालिका ६ मा ,रवि चौधरीको वुद्धभुमी नगरपालिका ४ मा ,रामसेवक लोनियाको चितवन,विष्णुमाया चौधरीको,विरपुर,शान्ता बाकवालको शिवपुर,राम वहादुर रोकाको वाणगंगा नगरपालिका ८ मा र राजु चौहानको दाङ गढवा फेला परेको हो ।
विगत एक वर्ष पहिले मोवाईल हराएको र प्रहरीकोमा खोजिदिन निवेदन दिएपछी अहिले फेला परेको स्थानिय लंक हमालले वताए । मोवाईल हराउदा धेरै नम्वर तथा अति आवश्यक सामाग्रीहरु नभएकोले आफुलाई धेरै समस्या भएको उनले जनाए । शिवराज नगरपालिका ५ बस्ने घनश्याम बेल्वासेले मोवाइल हराएपछी आफुले खोज्न धेरै प्रयास गरेको भएपनि भट्टाउन नसकेको वताए । “मोवाईल हराएपछी प्रहरीकोमा निवदेन दिए, केहि दिनमै भेटिएको खवर आयो खुसी लाग्यो” बेल्वासेले भने ।
मोवाईल भेट्टाएर सिम फाल्ने र मोवाईल प्रयोग गर्ने गरेको पाइएको प्रहरी निरिक्षक योञ्जनले वताए । वुधवार प्रहरी कार्यलयमै एक कार्यक्रम आयोजना गरी निरिक्षक योञ्जनले हस्तानतरण गरे । मोवाईल हराएमा तुरुन्त प्रहरी कार्यलयमा जानकारी दिन समेत उनले अपिल गरे । हराएको मोवाईलको आइ एम ई आई कोड भएमा प्रहरी सजिलै पत्ता लगाउन सक्ने समेत उनले जनाए । सवै मोवाइल प्रयोगकर्ताहरुले आफ्नो मोवाइलको आइ एम ई आई कोड ८३ण्ट३ डाईल गरि आउने कोड राख्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP