Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेकपाको विवाद झन् जटिल : ओली र प्रचण्डको आ-आफ्नै रणनीति

काठमाण्डौ – सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बनेको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन । 

पछिल्ला दिनहरुमा नेताहरुबीच आरोप-प्रत्यारोप बढेको छ । सहमति नभएपछि दुवै पक्ष आ-आफ्नै रणनीतिमा जुटेको छ ।

आज बोलाइएको स्थायी कमिटी बैठक टार्ने ओली पक्षको रणनीति छ भने प्रचण्ड र माधव नेपाल समूहले स्थायी कमिटी बैठकबाटै ओलीलाई एक पद छाड्न निर्देशन दिने तयारी गरेको छ । 

हिजो प्रचण्ड र नेपाल समूहको छलफलमा आजदेखि चल्ने स्थायी कमिटी बैठकबाट ओलीलाई एक पद छाड्न निर्देशन दिने सहमति बनेको हो । 

प्रचण्ड-नेपाल समूह जुनसुकै हालतमा आजको स्थायी कमिटी बैठक नरोक्ने निष्कर्षमा पुगेको हो । असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक सहमतिको लागि भन्दै पटकपटक स्थगित हुँदै आएको छ । 

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच आज छलफलको तयारी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP