Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मुस्ताङमा घर भत्किँदा एक जनाकाे ज्यान गयाे, एक जना घाइते

मुस्ताङ – भारी वर्षाका कारण मुस्ताङमा घर भत्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।   

सोमबार बिहान घर भत्किएर पुरिँदा थासाङ गाउँपालिका ४ न्याउरीबोटमा १७ वर्षीय निशान तुलाचनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यस्तै ७० वर्षीय रणबहादुर गौचन भने घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

घाइते गौचनको टाउको, हात र कानमा चोट लागेको छ र उनकाे लेते स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । नाताले तुलाचन र गौचन नाती–बाजे हुन् ।

पुरानो तथा जीर्ण र ढुङ्गा माटोले बनेको दुई तले कच्ची घर अत्यधिक वर्षाले गर्दा भत्किएको प्रजिअ अर्यालको भनाइ छ । घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP