Trending
समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित

मुस्ताङमा घर भत्किँदा एक जनाकाे ज्यान गयाे, एक जना घाइते

मुस्ताङ – भारी वर्षाका कारण मुस्ताङमा घर भत्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।   

सोमबार बिहान घर भत्किएर पुरिँदा थासाङ गाउँपालिका ४ न्याउरीबोटमा १७ वर्षीय निशान तुलाचनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यस्तै ७० वर्षीय रणबहादुर गौचन भने घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

घाइते गौचनको टाउको, हात र कानमा चोट लागेको छ र उनकाे लेते स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । नाताले तुलाचन र गौचन नाती–बाजे हुन् ।

पुरानो तथा जीर्ण र ढुङ्गा माटोले बनेको दुई तले कच्ची घर अत्यधिक वर्षाले गर्दा भत्किएको प्रजिअ अर्यालको भनाइ छ । घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP