Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लकडाउन हटेपछि गर्भवती र सुत्केरीमा जोखिम झन् बढ्यो

काठमाण्डौ – गएको चैत ११ गतेदेखि जेठ मसान्तसम्ममा देशभर १३५ नवजात शिशुको ज्यान गएको छ । 

यो अवधिमा ४३ जना आमाले पनि ज्यान गुमाएका सरकारी तथ्याङ्क छ । यस्तै ३० हजारभन्दा धेरै गर्भवती स्वास्थ्य संस्थाको पहुँचबाट बाहिर छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको मातृ तथा नवशिशु शाखाका प्रमुख डाक्टर पुण्या पौडेल भन्नुहुन्छ-‘लकडाउनमा उनीहरुलाई समयमा नै उपचारमा लैजान नसक्दा ज्यान गएको हो ।’ यातायातको साधन नहुँदा, अस्पताल र स्वास्थ्य संस्थामा २० प्रतिशतसम्म सेवा घट्दा र डर त्रासका कारण गर्भवती र सुत्केरीको स्वास्थ्य जाँच हुन सकेको थिएन ।

तर,अब लकडाउन हटेको छ । गएको साउन ७ गतेदेखि लकडाउन हटेपछि  यसले अस्पताल आउजाउ गर्न गर्भवती र सुत्केरीलाई केही सजिलो भएको छ ।  अब उपचार नै नपाएर गर्भवती र सुत्केरीको ज्यान गयो भन्ने अवस्था नआउन पनि सक्छ । तर ग्यारेन्टी भने छैन । 

लकडाउन हटेसँगै कोरोना फैलिने जोखिम बढेको छ । भिडभाड बढ्दा र सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा कोरोना समुदायस्तरसम्म नै फैलन सक्ने आशंका गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड, तत्काल अस्पताल पुर्‍याउने तयारी जस्ता पूर्व तयारी केही पनि भएको छैन । यसले गर्दा हरेक ठाउँ र क्षेत्रमा गर्भवती र सुत्केरी जोखिममा छन् । 

‘जोखिम धेरै बढेको छ, यो हामी पनि मान्छौँ । अब गर्भवती र सुत्केरीसँगै उनीहरुका परिवारले विशेष सतर्कता अपनाउनु पर्छ’ मातृ तथा नवशिशु शाखाका प्रमुख डाक्टर पौडेलले भन्नुभयो ।

गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षामा ध्यान दिइरहेको सरकारको दाबी

मातृ तथा नवशिशु शाखाकी प्रमुख डाक्टर पुण्या पौडेलले गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षाका लागि काम गरिरहेको दाबी गर्नु भएको छ । उहाँकाअनुसार लकडाउनको समयमा प्रभावकारी उपचार दिन नसके पनि अब त्यस्तो अवस्था आउने छैन । 

यसका लागि गर्भवती र सुत्केरीले नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी अथवा अस्पतालमा सम्पर्क गर्न सक्ने छन् । गर्भवती र सुत्केरी अस्पताल र स्वास्थ्य संस्था जाने अवस्था नआए घरमा नै गएर सेवा दिने पनि उहाँले दाबी गर्नु भएको छ । 

यसका लागि गर्भवती र सुत्केरी अथवा उनीहरुका परिवारले नजिकैको अस्पताल वा स्वास्थ्य संस्थाको फोन नम्बरमा सम्पर्क गर्न सक्ने छन् । महिला स्वास्थ्य स्वयंसेविकामार्फत् पनि सेवा लिन सक्ने डाक्टर पौडेल बताउनुहुन्छ ।

कोभिड-१९ को जटिल अवस्था रहेकाले नियमित स्वास्थ्य संस्था जानु पर्छ । खुट्टा सुन्निए, रक्तश्राव भए वा गन्हाउने पानी बगिरहे तत्काल उपचारमा जानु पर्छ । तत्काल अस्पताल पुग्न सम्भव नभए स्वयंसेविकालाई खबर गर्न डाक्टर पौडेलको आग्रह छ । 

गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सुरक्षा  सामग्री उपलब्ध गराइएको र आवश्यक परे घरमै पुगेर सेवा दिन निर्देशन दिईएको उहाँले बताउनुभयो । 

कोभिड-१९ सङ्क्रमणको उच्च जोखिम भएकोले गर्भवती तथा सुत्केरीले खानेकुरा, सरसफाई र नियमित स्वास्थ्य जाँचमा विशेष ख्याल राख्नु पर्ने उहाँ बताउनुहुन्छ ।  गर्भवती तथा सुत्केरीलाई उपचार गर्न समस्या नभएकोले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य जाँच गर्न, सल्लाह सुझाव र परामर्श लिन र आवश्यक परे फोनबाटै पनि स्त्रीरोग विशेषज्ञ डाक्टरसँग कुरा गर्न सक्ने व्यवस्था मिलाएको सरकारको  दाबी छ । 

‘अवस्था जटिल भए तत्काल उद्धार हुन्छ’

उच्च रक्तश्राव, उच्च रक्तचाप, लामो समयसम्म व्यथा लागे पनि सुत्केरी हुन नसकेकालाई सरकारले हेलिकोप्टरमार्फत उद्धार गर्ने गरेको छ । यस्तो अवस्थालाई जटिल अवस्था मान्दै आमा र बच्चाको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर हवाई सेवामार्फत उद्धार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सेवा दुर्गमका गर्भवती र सुत्केरीका लागि बढी  प्रभावकारी मानिएको छ ।

हेलिकोप्टरमार्फत उद्धारका लागि केही निश्चित प्रक्रिया भने छन् । गर्भवती र सुत्केरीमा जटिल स्वास्थ्य समस्या देखिए तत्काल सम्बन्धित निकायमा खबर गर्नुपर्छ । जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरेपछि र कार्यालयले सिफारिस गरेर महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा पठाएपछि मात्रै यो सुुविधा पाईन्छ । यो सेवा लिन बिरामीको नागरिकता पनि अनिवार्य गरिएको छ । 

तर नागरिकता नभए पनि परिस्थिति अनुसार सिफारिस भए उद्धारमा कुनै समस्या नहुने मन्त्रालयले जनाएको छ । जटिल स्वास्थ्य समस्या भएका गर्भवती र सुत्केरीको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले उद्धार गर्दै आएको छ । लकडाउनको  अवधिमा जोखिमपूर्ण अवस्थामा रहेका १४ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी बचाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP