Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नेपाललाई नामिबिया भ्रमण गर्न आईसीसीको, प्रस्ताव

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय शृङ्खला २० सेप्टेम्बरबाट गर्ने प्रस्ताव गरेको छ । आईसीसीको प्रस्तावमा नेपाल क्रिकेट संघ (क्यान) ले सकारात्मक जवाफ पठाएको छ । तर, अनिवार्य क्वारेन्टिनको व्यवस्था र अन्तर्राष्ट्रिय उडान ढिला गरी खुल्ने कारण आईसीसीले प्रस्ताव गरेकै मितिमा प्रतियोगिता हुनसक्ने सम्भावना कम रहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् ।

नेपालले आगामी १ भदौबाट मात्र अन्तर्राष्ट्रिय उडान खुलाउँदैछ । त्यस्तै सामूहिक खेलका लागि प्रशिक्षण पनि १ भदौबाट मात्र शुरू हुनेछ।  सरकारले समयमै तयारीको अनुमति दिए नेपालले प्रस्तावित मितिमा भाग लिनसक्ने क्यानले जनाएको छ । क्यानले आईसीसीलाई पनि नेपाल तयार रहेको र आयोजक नामिबिया र अर्काे सहभागी देश स्कटल्याण्डसँग सल्लाह गर्न जवाफ पठाएको छ ।

उक्त खेल गत अप्रिलमै गर्ने आईसीसीको तालिका थियो। तर, कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो। यो सहित नेपालको जूनमा हुने पपुवा न्यूगिनी र जुलाईमा हुने स्कटल्याण्ड भ्रमण पनि रोकिएको थियो । पपुवा न्यूगिनीमा यूएई र स्कटल्याण्डमा नामिबिया सहितको त्रिदिवसीय शृङ्खला हुने तालिका थियो ।
महामारीअघि नै आईसीसीले बनाएको तालिका अनुसार क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालको आगामी खेल सन् २०२१ को शुरूमा मात्र छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP