Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपाका २५ प्रतिशत सदस्यले हस्ताक्षर बुझाउँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का २५ प्रतिशत केन्द्रीय सदस्यले बैठकको माग गर्दै हस्ताक्षर बुझाउने तयारी गरेका छन् । बुधबार अपरान्ह ४ बजे महासचिव विष्णु पौडेललाई भेटेर बैठकको मागसहित हस्ताक्षर बुझाउने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक किचलोमा परिणत भएपछि केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस भएको हस्ताक्षरकर्ताहरूले बताएका छन् । स्थायी कमिटीले विवाद सल्ट्याउन नसकेपछि र आफैं विभाजित भएपछि समस्या समाधानका लागि केन्द्रीय कमिटी बैठकको माग गरिएको उनीहरूले बताएका छन् ।

केन्द्रीय कमिटीका सदस्यहरूले केही दिनअघि जुम मिटिङमार्फत छलफल गरेर बैठक माग गर्ने निष्कर्षमा पुगेका थिए । उपत्यकाबाहिर रहेका केन्द्रीय सदस्यहरूसँग इमेलमार्फत हस्ताक्षर मगाएका थिए । नेकपाको विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्नेछ ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटमा बैठक बोलाउन १ सय १० जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ । त्यति हस्ताक्षर जुटिसकेको केन्द्रीय सदस्य गैरेले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP