भदौ ७ भित्र उद्योगहरु नवीकरण गरिसक्न विभागको आग्रह

काठमाडौं । उद्योग विभागले भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागको सूचनापछि उद्योग नवीकरण, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण भदौ ७ गतेभित्र गरिसक्नुपर्नेछ । यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ ।

तर यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP