Trending
flash बिचाैलीया र कर्मचारिकाे सेटि्ङ्गमा कृष्णनगर भन्सार, क्यारेन्टाइन बिना ३ ट्रक फल भित्रियाे , राजनीति वनमन्त्री शाहीसँग भारतीय राजदूतले गरे शिष्टाचार भेट राजनीति कुलमानको अडान : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्छौँ खेल सन्दीपविरुद्ध गौशाला-२६ सर्वोच्च नजाने समाज सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने राजनीति माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो अन्तर्राष्ट्रिय बेलायत र अमेरिकाले लगाए उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप समाज पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध समाज गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु flash कपिलवस्तुको चारनम्बरमा नाबालिगमाथि सामुहिक बलात्कार, होटलमा यस्तोसम्म भयो..

घाटगद्दीको स्टक बालुवा मिलोमतोमा बिक्री

नगर प्रमुख भन्छन “थाहै पाईएन !”


कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाको सुरई खोलामा गत आर्थिक बर्षमा लगाईएको ठेक्कामा घाटगद्दीमा संकलित स्टकको बालुवा स्विकृती बिनै साता यता बिक्री बितरण गरिएको छ । शिवराज नगरपालिकाका जनप्रतिनिधीको मिलेमतो र प्रत्यक्ष संलग्नतामा तोकिएको ठेक्का सम्झौता बिपरित चालु आर्थिक बर्षको असोज पहिलो सातामा घाटगद्दीको माल बिक्री गरिएको हो ।

सम्झौतामा अषाढ मसान्त पछि घाटगद्दीको नदीजन्य पदार्थ स्वतहः खोलाकै सरह नगरपालिकाकै स्वामित्व हुने व्यवस्था भए पनि गत आवमा ठेक्का सकारेको मायादेवी गाँउपालिका वडा नम्बर ४ को एन.एफ.बादशाह रियल स्टेट प्रा.लि ले आफनै फर्मको नाममा बिल काटी घाटगद्दीको नदीजन्य पदार्थ बिक्री बिरतण गर्दै आएको छ । पछिल्लो एक साताकै अबधीमा सो फर्मले घाटगद्दीमा रहेको ५ लाख क्यु फिट बढि नदीजन्य पदार्थ बालुवा बिक्री बितरण गरेको खुल्न आएको छ । गत अषाढ ५ गते जिल्ला अनुगमन समितीले अनुगमन गरि २५ हजार ८ सय ५८ धन फुट (करिब ९ लाख १२ हजार क्यु फुट) बालुवा घाटगद्दीको स्विकृती दिएकोमा अषाढ मसान्त सम्म सो फर्मले ४० प्रतिशत बढि बिक्री गरि करिब ५ लाख क्यु फिट बालुवा बचेको देखिएको छ ।


बालुवाको रोयल्टी बापतको प्रति क्यु फिट ६ रुपैया र संकलन, ढुवानी तथा घाटगद्दी बापतको थप ९ रुपैया १० पैसा गरि कुल १५ रुपैया १० पैसामा बिक्री गर्न मिल्ने बालुवा ६ रुपैया प्रति क्यु फिटमा बिल काटेरै बिक्री गर्नुले मिलेमतोमै घाटगद्दीको बालुवा बेचिएको प्रष्टिएको छ । अबैध रुपमा बिक्री बितरण गरिएको बालुवा शिवराज नगरपालिका १ स्थित शिवराज बालुवा प्रशोधन उद्योग, ग्लालेक्सी बालुवा प्रशोधन उद्योग र जयशंकर बालुवा प्रशोधन उदोग सहित अन्य उद्योग तथा क्रेशरमा पुर्याईएको खुल्न आएको छ ।

शिवराज नगरपालिका वडा नम्बर १ सुरई खोलाको बनकट्टा नाकामा रहेको बालुवाको स्टकस्थलको बालुवा बिक्री गरिएको भ्याट बिल ।

घाटगद्दीबाट अबैध रुपमा बेचिएको मध्यको सबै भन्दा बढि बालुवा खरिद गर्नेमा गणेश केसी सञ्चालक रहेको शिवराज बालुवा प्रशोधन उद्योग रहेको श्रोतको दाबी छ । केसी प्रदेशसभा सदस्य अर्जुन केसीका भाई हुन । अबैध रुपमा बालुवा बेच्ने एन.एफ.बादशाह रियल स्टेट प्रा.लि सञ्चालक अवुवफा मुसलमान प्रदेशसभा सदस्य फौजिया नसिमका छोरा हुन । दुबै प्रदेशसभा सदस्य भएकै कारण केसी सँगको निकटताले मिलेमतोमा बालुवा बिक्री बितरण भएको श्रोतको दावी छ ।

प्रदेश सदस्य केसीले मध्यस्थता गरि आफु निकटकालाई ६ रुपैया क्यु फिटमा बालुवा दिनु पर्ने माग राखे पछि मुसलमान तयार भई स्थानिय प्रशासन र नगरपालिकाको अप्रत्यक्ष सहयोगमा बालुवा बेचिएको श्रोत बताउछ । “निगरानीकर्ता निकायको मौन स्विकृती लिने कार्य मात्रै होईन । केहि स्थानिय सञ्चारकर्मीलाई समेत आर्थिक प्रलोभनमा पारी दिन दाहाडै घाटगद्दीस्थलबाटै स्टकको बालुवा बिक्री गरिएको छ ।” श्रोतको दाबी छ ।

यता घाटगद्दीको स्टकको बालुवा प्रक्रिया बेगर बिक्री बितरण भएको बिषय आफुले सुने पनि आफनो संलग्नताको आरोप तथ्यहिन भएको प्रदेशसभा सदस्य अर्जुन केसीले बताए । “राजनितीक प्रतिशोधकै कारण मेरो नाम जोड्न खोजिएको हो । घाटगद्दीको स्टकको बालुवा बिक्री बितरणको कार्य सहज बनाउन मेरो कुनै पनि संलग्नता छैन । संलग्नता भए प्रमाणीत गर्न चुनौती दिन चाहन्छु ।” केसीले भने ।
यस अघि एक साता यता घाटगद्दीमा रहेको बालुवा मिलेमतोका आधारमा स्विकृती बेगरनै ब्रिकी बितरण गरेको सुचनाका आधारमा सञ्चारकर्मीहरु शिवराज नगरपालिका वडा नम्बर १ को बनकट्टा नाकामा पुग्दा घाटगद्दीको बालुवा खुलेयाम बिक्री बितरण भएको भेटिएको थियो । सुरई खोला छेउमा घाटगद्दी गरि राखिएको बालुवा एन.एफ.बादशाह रियल स्टेट प्रा.लिको २०७५ असोज ११ गतेको बिल नम्बर १०२४ को भ्याट बिलमा ना ३ ख ५७८६ नम्बरको टिप्परमा सोहि वडाको जयशंकर बालुवा प्रशोधन उद्योगमा लैजान थालेको भेटिएको थियो ।

उता घाटगद्दीस्थलमा रहेको बालुवा टिप्परमा लोड गरि रहेको अवस्थामा लु १ क २४०६ र अर्को नम्बर नखुलेको जेसिबी फेला परेका थिए । नम्बर नखुलेको जेसिबी स्थानिय कृष्णलाल भाटको भएको र आफुहरुले पाँच दिन यता टिप्परमा बालुवा लोड गर्दै आएको जेसिबी चालकले बताए । पछिल्लो एक साता यता जेसिबीको प्रयोग गरि दैनिक पचासौ बढि टिप्परले बालुवा बोक्ने गरेको बनकट्टिका स्थानिय कुलदिप घर्तिमगरले बताए ।

जयशंकर बालुवा प्रशोधन उद्योगका लेखापाल दिपक खनालले खोलाका ठेकेदारले नगरपालिकाको स्विकृतीमा बालुवा बेचेको जानकारी दिए पछि प्रशोधन उद्योगले घाटगद्दीस्थल बाट बालुवा किनेको बताए । “हामीले भन्दा धेरै अन्य बालुवा प्रशोधन उद्योग र क्रेसरले खरिद गरेका छन । नियम अनुसारको शुल्क तिरेर बालुवा किनेका हौं ।” खनालले भने ।

जिल्लाबाट सञ्चारकर्मीको टोली घाटगद्दीस्थलमा पुगे लगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक मोतीलाल योन्जनको नेतृत्वको टोलीले सुरईखोलामा रहेको घाटगद्दीस्थलमा पुगेको थियो । त्यहाँ पुगेको प्रहरीको टोलीले लु १ क २४०६ नम्बरको जेसिबी र ना ८ ख ७२३७ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको टिप्पर र जेसिबीलाई आवश्यक कारवाहीका लागी जिल्ला समन्वय समितीमा बुझाउने तयारी हुदै गर्दा दुबै साधन छोडउन शिवराजनगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहितको टोली जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएको खुल्न आएको छ ।

डेलिगेशनमा गएका जनप्रतिनिधीले प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन बाटोको खाल्टा खुल्टी पुर्न स्थानियले प्रयोग गरेको भन्दै कारवाही नगर्न आग्रह गरेका थिए । जन प्रतिनिधीको आग्रह पछि प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठले दुबै सवारीलाई भविष्यमा गल्ती नगर्ने शर्तमा छाड्न प्रहरीलाई निर्देशन दिएको खुल्न आएको छ । घाटगद्दी गरिएको नदीजन्य पदार्थ नगरपालिकाको स्विकृती बेगर कस्को स्विकृतीमा बिक्री बितरण गरिएको भन्ने बारेमा एन.एफ.बादशाह रियल स्टेट प्रा.लि सँग पत्राचार गरि जानकारी लिईएको शिवराज नगरपालिकाका प्रमुख प्शासकिय अधिकृत हरि प्रसाद अर्यालले बताए ।

साता दिन यता घाटगद्दिमा रहेको बालुवा नगरपालिकाको स्विकृती बिनै बेचिएको बारे आफुले एक दिन अघि मात्रै जानकारी पाएको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बताए । उनले नगरपालिकाले स्विकृती पनि नदिएको र बिक्री बितरणमा मिलेमतो समेत नरहेको स्पष्ट पार्दै स्विकृती बिना सो कार्य गर्नेलाई कारवाही गर्ने आस्वासन दिए ।

शिवराज नगरपालिकाको जेष्ठ मसान्त सम्मको घाटगद्दी जिल्ला अनुगमन समितीबाट प्रमाणित भए पनि अषाढ मसान्तमा प्रमाणित गर्नु पर्ने स्टक प्रमाणित गर्न नगरपालिकाले चासो नदिएको जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले बताए । “हामीलाई अषाढ मसान्त पछिको घाटगद्दीस्थलमा रहेको स्टकको बिवरणनै नगरपालिकाले बुझाएको छैन । तर सम्झौताका शर्त र बन्देजका आधारमा अषाढ मसान्त पछि ठेक्का सकारेको फर्मले नयाँ आर्थिक बर्षमा सो सामाग्री बिक्री बितरण गर्न पाउदैन ।” लामिछानेले भने । घाटगद्दीस्थलको बालुवा चोरिएको बिषय घाटगद्दीस्थल रित्तिदा सम्म बाहिर नआउनु रहस्यको बिषय भएको बताउदै नगरपालिकाले आवश्यक कारवाही अगाडी बढाएको जानकारी हुन आएको प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठले प्रतिक्रिया दिए ।

घाटगद्दी गरिएको स्टक बालुवा बिक्री गर्ने फर्मलाई कारवाही गर्ने बताएका नगर प्रमुख अधिकारीले बालुवा बिक्री गरेका अवस्थाका सवारी साधन छुटाउन पहल गर्नुले नगरपालिकाको संलग्नतामै स्टकको बालुवा चोरिएको प्रष्टिएको छ । राज्य कोषको राजश्व बृद्धिमा सहयोग पुर्याउने नदीजन्य पदार्थ चोरी गरि खुल्लम खुल्ला बिक्री गर्दा जिल्लाका सरोकारवालाले गर्ने कारवाही के हुने भन्ने बिषयमा आम नागरिकमा असमन्जसता देखिएको छ ।

गत आवमा शिवराज नगरपालिका एन.एफ.बादशाह रियल स्टेट प्रा.लि. लाई मिति २०७५ फागुन २८ गते चलानी नम्बर १७८१ को पत्रानुसार सुरई खोलाको प्याकेज अनुसार चुरे क्षेत्रको १ किलोमिटर दक्षिण देखी बालापुर हल्लानगरपुल को ५ सय मिटर माथी सम्मको क्षेत्रबाट नदीजन्य पदार्थ संकलन गरि घाटगद्दी गरेर बिक्री बितरण गर्न पाउने चलनपुर्जी दिएको थियो । भ्याट बाहेक ३ करोड ८१ लाख रुपैयाको रकममा १ लाख २० हजार धन मिटर (४२ लाख ३३ हजार ६ सय क्यु फिट) नदीजन्य पदार्थ निकासीको स्विकृती दिएको थियो । सोही चलनपुर्जीको २० नम्बरको शर्त तथा बन्देजमा ठेक्का अबधी पश्चात डिपोजिट गरेको नदीजन्य पदार्थ ओसार पसार गर्न नपाउने व्यवस्था छ । तर ओसार पसार मात्रै नभई बिक्री बितरण हुदाँ समेत सरोकारवालाको मौनता शंकास्पद देखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP