भदौ पहिलो साताबाट राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्ने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भदौ पहिलो साताबाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु गर्ने तयारी थालेको छ । नेपाल सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ बाट अन्तर्राष्ट्रिय खेललाई प्रशिक्षणको अनुमति दिएपछि क्यानले राष्ट्रिय टिमको प्रशिक्षण थाल्ने तयारी गरेको हो ।

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै सरकारले गरेको लकडाउनको कारण पछिल्लो चार महिनाबाट क्रिकेट गतिविधि ठप्प रहेको छ । राष्ट्रिय टिमको प्रशिक्षण थाल्न स्वास्थ्य मन्त्रालयको सहयोगमा क्यानले खेलाडी र त्रिवि मैदानका कर्मचारीको कोरोनाको पीसीआर परिक्षण गर्ने तयारी समेत गरेको छ ।

कोरोनाको कारण अधिकांश खेलाडी गृह जिल्लामा रहेका छन् । जसमा धेरै खेलाडी कोरोना प्रभावित जिल्लामा रहेका छन् । केहि खेलाडी भने काठमाडौंमै रहेका छन् । काठमाडौं बाहिर रहेका खेलाडीलाई काठमाडौं झिकाउन क्यानले छलफल समेत गरिरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP