Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आजदेखि विराटनगर दुई साता लकडाउन

काठमाडौं । विराटनगर महानगरपालिकामा आज शनिबारदेखि दुई साताका लागि लकडाउन सुरु भएको छ। समुदायमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै महानगरपालिकाले शनिबारदेखि दुई सातासम्म लकडाउन गर्ने निर्णय गरेको हो।

विराटनगर महानगरपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबारको बैठकले नगरक्षेत्रमा थप संक्रमण फैलिन नदिन साउन १६ राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म लकडाउनको निर्णय गरेको हो।

मेयर भीम पराजुलीले समुदायमै कोरोना भाइरसको संक्रमित देखिएपछि लकडाउन सुरु गरिएको बताए। लकडाउनको कारण शनिबार बिहानैदेखि विराटनगर सुनसान देखिएको छ।

चार दिनअघिदेखि वीरगञ्ज महानगरपालिकाले पनि नगर क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो। पछिल्लो समय भारतसँग सीमा जोडिएका तराईका ठूला शहरमा कोरोना संक्रमण तीब्र बन्दै गएको छ।

संक्रमणसँगै मृत्युदर पनि बढेको छ। साउन लागेयता पर्सामा मात्रै कारोना संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP