Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

आखाँ अस्पताल बहादुरगंजमा शुभकामना आदान प्रदान

असोज १४,
बहादुरगंज,कपिलबस्तु ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द कालेबाबु नारायणी आँखा अस्पताल,बहादुरगंंज कपिलबस्तुले नेपालीहरुको महान चाड बिजया दशमी,शुभ दिपावली तथा छट पर्बको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै केन्द्रिय सदस्य गिरीले नेपाल नेत्रज्योति संघ अन्तर्गत संचालित आँखा अस्पताल आंखा उपचारहरुको सेवालाई अबका दिनहरुमा समयानुसारका आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी दक्ष जनशक्तिहरुद्धारा गुणस्तरीय र उच्चस्तरीय बनाउंदै लैजानेमा जोड दिनुभयो । साथै उहाँले हालै मात्र नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालयले संशोधन सहित पारित गरेको नयाँ “आर्थिक प्रशानसन नियमावली र प्रशासनिक कार्य संचालन नियमावली २०७६” ले थुप्रै नयाँ कार्यदिशा प्रदान गरेकोमा खुशी व्यक्त गर्दै यसको अर्थपूर्ण कार्यान्वयनको लागि शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका बरिष्ठ प्रशासकीय अधिकृत शम्सेर थापाले नेपाल नेत्रज्योति संघ, केन्द्रिय कार्यालयद्धारा जारी गरिएको नियमावलीमा भएका विभिन्न व्यवस्थाहरुको बारेमा कर्मचारीहरुलाई जानकारी गराउँदै “आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजको कार्यविधि,२०७६” केन्द्रद्धारा स्वीकृती भएको जानकारी गराउनुभयो । सो नियमावलीले कार्यक्रम अन्तर्गत संचालित ३ वटा आँखा अस्पतालहरुको बिकासको लागि बाटो खुलेको र थप कोशेढुंगा साबित भएको उल्लेख गर्नुभयो । कार्यक्रमका अर्का बक्ता नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काले बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दै मेडिकल बोर्ड गठन को आवश्यकतामाथि प्रकाश पार्नु भयो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सचिव सुरेन्द्रबहादुर खड्का,छन्द कालेबाबु नारायणी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा.सन्तोष सुवेदी,नेत्र विशेषज्ञहरु डा.रबिन्द्र सिंह ठकुरी,डा.ज्योति सापकोटा,प्रशासकीय अधिकृत जसराज विश्वकर्मा लगायतले शुभकामना मन्तव्य गर्नु भएको थियो । कार्यक्रमको संचालन सुचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो ।
त्यसैगरी छन्द कालेबाबु नारायणी आँखा अस्पताल,बहादुरगंज कपिलबस्तुको आर्थिक बर्ष २०७६÷०७७ को तेस्रो कर्मचारी बैठक सम्पन्न भएको छ । सो अवसरमा अस्पतालले भदौ १५ गतेदेखि असोज १३ गते १ महिनासम्म गरेका विभिन्न गतिविधिहरुको प्रगति प्रतिवेदनमाथि छलफल गरिएको थियो । उक्त १ महिनाको अवधिमा अस्पतालले ५ हजार ३ सय ३० जनालाई सेवा दिइएको र ४ सय ४ जनाको मोतिविन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी गराउनु भयो । सो अबसरमा अस्पतालमा बिगत ६ बर्षदेखि कार्यरत नेत्र सहायक पदका कर्मचारी नारायणी मास्केलाई बिदाई गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP