Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

पत्रकार रोकायाको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पत्रकार रोकायाको यही साउन १७ गते हुम्लाको सिमकोट गाउँपालिका–५ कालिञ्चोकस्थित निवासमा ६२ वर्षको उमेरमा निधन भएको हो । महासङ्घका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत पत्रकार रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला शाखाले असल अभिभावक गुमाएको उल्लेख गरेका छन् ।

हुम्ला र समग्र कर्णाली क्षेत्रमा व्यावसायिक पत्रकारिताको विकासका लागि उल्लेख्य योगदान पुर्‍याउनु भएका रोकाया विसं २०५० देखि पत्रकारितामा सक्रिय हुनुका साथै लामो सयम कान्तिपुर दैनिकमा कार्य गरेका थिए । महासङ्घले स्व रोकायाप्रति श्रद्घाञ्जलि अर्पण गदै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । स्व।रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी रहेका छन् । रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP