Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

जनप्रतिनिधिको दिपावली खर्चका लागि चन्दा उठाइँदै

गोपाल भण्डारी

कपिलवस्तु

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख तथा वडा अध्यक्षहरूले दसैंभत्ता लिएको विरोधमा दिपावली खर्च जुटाई दिन भन्दै तौलिहवाका नागरिक अगुवाहरूले चन्दा संकलन अभियान सुरु गरेका छन् ।

नगरपालिकाका प्रमुख तथा वडा अध्यक्षहरूले दसैं भत्ता लिएको विरोधमा नागरिक अगुवाहरूले सो निर्णयको विरोध स्वरूप उनीहरूलाई दिपावली खर्च जुटाउने अभियान सुरु गरेका हुन् ।

जनताको करबाट प्राप्त रकम जन प्रतिनिधिहरूले दसैंभत्ताका रूपमा लिनु नगरवासीको हितमा नरहेको भन्दै त्यसविरुद्ध आफूहरू विरोधमा उत्रिएको नागरिक अगुवाहरूले बताएका छन् । बढ्दो महंगीमा एक महिना बराबरको भत्ता रकमले दसैं खर्च नगर प्रमुख र वडा अध्यक्षहरूलाई नपुग्ने भन्दै व्यंग्यात्मक शैलीमा पाँच÷दस रूपैयाँ चँदा संकलन सुरु गरेको मधेश मानव अधिकार गृहका अध्यक्ष रवि ठाकुरले बताए । तौलिहवा बजार परिक्रममा गरी दसैं अवधीभर चन्दा संकलन गरिने र संकलन भएको सो रकम दिपावलीको अवसरमा नगर प्रमुख किरण सिंहलाई दिपावली खर्च बापत बुझाईने अध्यक्ष ठाकुरले बताए ।

‘स्थानीय सरकारको रूपमा रहेको नगर कार्यपालिकाले बहुमतबाट जे जे निर्णय गरे पनि लागु हुन्छ भन्ने दम्भ नगर प्रमुख तथा वडा अध्यक्षहरूमा छ,’ अधिकारकर्मी ठाकुरले भने, ‘त्यस्ता दम्भ तोड्न पनि अब नागरिक समाज र नागरिक अगुवाहरूले खबरदारी गर्नु पर्छ ।’

अभियानलाई गैरसरकारी संस्था महासंघ, जवाफदेहिता निगरानी समिति, जेष्ठ नागरिक समाज, दलित महिला अधिकार संघ, कालिका स्वावलम्वन सामाजिक केन्द्र, तौलिहवा उद्योग वाणिज्य संघ लगायतका नागरिक संघ संस्थाहरूले नेतृत्व गरेका छन् । नगर क्षेत्रको विकास र जनप्रतिनिधिहरूको जवाफदेहिताका लागि अब निरन्तर रूपमा यस्ता खबरदारी कार्यक्रम सञ्चालन गरिने गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रवीण कुमार श्रीवास्तवले बताए ।

जिल्ला तथा अन्यत्रका नगरपालिकाहरूले पनि दसैं खर्च बुझेका कारण आफूहरूले पनि दसैं खर्च बुझेको नगर प्रमुख किरण सिंहले संचारकर्मीलाई बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP