Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

विश्व दृष्टि दिवसमा फलफुल वितरण

                        

“दृष्टि पहिलो प्राथमिकता” भन्ने मुलनाराका साथ विश्व दृष्टि दिवस फलफुल वितरण गरि मनाईएको छ । नेपाल नेत्र ज्योति संघ आखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द(कालेबाबु) नारायणी आखा अस्पताल बहादुरगंजले आखा चेकजाच गराउना अउने बिरामीहरुलाई फलफुल वितरण गरि विश्व दृष्टि दिवस मनाएको छ । नसरुल्ला खानको अध्यक्षतामा एक कार्यक्रम गरि बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो भने कार्यक्रमको संचालन नेत्र सहायक रजनीस श्रीवास्तवले गरेका थिए ।  कार्यक्रममा सहभागी ३० जना विरामीहरुलाई फलफुल वितरण गरिएको कार्यालय सहयोगी चिन्ता मणीले जनाएका छन ।

विश्व दृष्टि दिवस किन मनाईन्छ

  •  यो दिवस हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहिवारको दिन पर्ने गर्छ । अन्धोपन र दृष्टि कमजोरको बारेमा विश्वको ध्यानार्षकण गराउनाको लागि यो दिवस मनाउने गरिन्छ । विश्वमा लगभग साढे सात अरब जनसंख्यामा विश्वब्यापी रुपमा नै अनुमानित १.३ बिलियन मानिसहरुमा कुनै न कुनै किसिमको दृष्टिमा कमजोरी रहेको तथ्यांकले देखाएको छ । टाढा हेर्ने दृष्टिको कुरा गर्ने हो भने करिब १८८.५ मिलियन मानिसहरुमा माइल्ड भिजन इम्पेयरमेन्ट, २१७ मिलियन मानिसहरुमा मोडरेट खालको भिजन इम्पेयरमेन्ट र करिब ३६ मिलियन मानिसहरु दृष्टिविहिन रहेको तथ्यांकले देखाइको छ । त्यसतै नजिक हेर्ने दृष्टिको कुरा गर्ने हो भने विश्वभरिमा करिब ८२६ मिलियन मानिसहरुमा  Near Vision Impairment रहेको छ । बिश्वव्यापी रुपमा दृष्टि कमजोरीको मुख्य कारण Uncorrected refractive error र मोतियाबिन्दु रहेको छ । ८० प्रतिशत दृष्टि कमजोरी हटाउन सक्ने देखिएको छ भने ५० बर्ष भन्दा बढि मानिसहरुमा दृष्टि कमजोर रहेको पाइएको छ । रोगहरुको अन्तर्राष्ट्रिय बर्गिकरण ११ का अनुसार दृष्टि कमजोरलाई मुख्य गरि २ भागमा बाडिएको छ , टाढा र नजिकको दृष्टि कमजोरी । टाढाको दृष्टि कमजोरीलाई पनि ४ भागमा बाडिएको छ । जसअनुसार ६÷१२ भन्दा खराब दृष्टि क्षमता छ भने त्यसलाई माइल्ड, ६÷१८ भन्दा पनि खराब छ भने त्यसलाई मोडरेट, ६÷६० भन्दा पनि कम दृष्टि क्षमता छ भने त्यसलाई सिभियर र ६÷६० भन्दा पनि झन खराब दृष्टि क्षमता छ भने त्यसलाई दृष्टिविहीनमा बर्गिकरण गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP