Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कोरोना संक्रमण दोहोरिनु चिन्ताजनक : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नियन्त्रण भइसकेका ठाउँमा कोरोना भाइरस ९कोभिड १९० दोहोरिनु चिन्ताजनक भएको बताउनुभएको छ ।

आज राजधानीमा आयोजित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६१ औं वाषिर्कोत्सव कार्यक्रममा बोल्दै मन्त्री ढकालले पछिल्ला दिनहरुमा वीरगन्ज, नेपालगन्ज, विराटनगर, उदयपुरलगायतका ठाउँमा संक्रमण झन् भयावह हुँदै जानु चिन्ताको विषय भएको बताउनुभयो ।
मन्त्रधी ढकालले नेपालमा संक्रमण दोहोरिने समस्या अन्य मुलुकको भन्दा फरक भएको समेत बताउनुभयो ।

साउन २५ देखि भदौ १५ गतेसम्म ३९ हजार संक्रमित हुने विज्ञहरुले प्रक्षेपण गरेको स्मरण गर्दै मन्त्री ढकालले सरकारको प्रयासले आंकलन गरिएकोभन्दा एक तिहाई घटाउन सरकार सफल भएको दाबी गर्नुभयो । जेठ २५ गते विज्ञहरुले तीब्र संक्रमण भए ९१ हजार र मध्यम भए ३९ हजार संक्रमित हुने प्रक्षेपण गरेका थिए ।

एकैदिन १० हजार ७ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा २ सय २४ जनाको पोजेटिभ केस आएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री ढकालले असार १९ गते ४ हजार ४ सय ८३ जनाको परीक्षण गर्दा ७ सय ४० पोजेटिभ देखिएकाले बढी परीक्षण गर्दा धेरै पोजेटिभ केस आउने भनाइ तथ्यसंगत नभएको जिकिर गर्नुभयो ।
मन्त्री ढकालले स्वास्थ्यमा बेथिति गरेर हुर्किएकाहरु नेपालको स्वास्थ्य क्षेत्र माथि नउठोस् भन्ने कामना गरेर बसेको आरोप लगाउनुभयो । ‘महामारीको सिरान राखेर कतिपयले आनन्द मान्नुभएको छ भन्ने कुरो मैले हेक्का गरेरै बसेको छु,’ उहाँको भनाइ थियो, ‘स्वास्थ्य क्षेत्र सुध्रिएला कि भन्ने उहाँहरुलाई चिन्ता छ, बेथितिभित्र रमाउन चाहनेहरु त्यसलाई स्वर्ग मानेर बसेका छन् ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP