Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

२५ बैंकको विवरण सार्वजनिक : नाफा घट्यो

काठमाण्डौ – चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण देशको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्था पनि कोरोनाका कारण समस्यामा परेका छन् । 

आर्थिक वर्ष २०७६/०७७ मा अहिले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ । सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६/०७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् । उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामा समेत असर परेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकको नाफामा प्रत्यक्ष असर पारेको छ । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०७६/०७७ मा कुल  ५१ अर्ब १७ करोड रुपैयाँ बराबरको नाफा गरेका छन् ।  अघिल्लो आवमा ५७ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेका थिए । 

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको नाफा झण्डै ११ प्रतिशतले घटेको छ । विवरणअनुसार बैंकको नाफा  ६ अर्ब २७ करोड रुपैयाँले घटेको हो । वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये कुल १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको पाइएको छ । विवरणअनुसार सात वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ । 

आव २०७६/०७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ । यो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ । नेपाल एसबीआई बैंकको नाफा ३३ दशमलव २२, कुमारी बैंकको शून्य दशमलव ३१ प्रतिशत छ । विवरणअनुसार माछापुच्छ्रे २६ दशमलव २२, सानिमाको २४ दशमलव ५६, सिटिजन्स बैंकको २३ दशमलव ७२, नेपाल इन्भेस्टमेन्ट २२ दशमलव ६३, बैंक अफ काठमाण्डौको २२ दशमलव २१ र नेपाल बङ्गलादेश बैंकको नाफा २० दशमलव ७५ प्रतिशतले घटेको छ ।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १८ दशमलव ५१, सनराइजको १८ दशमलव ३५, एभरेस्टको १८ दशमलव १४, नबिलको १५ दशमलव ८५ र राष्ट्रिय वाणिज्य बैंकको ११ दशमलव ७७ प्रतिशतले नाफामा गिरावट आएको छ । सिद्धार्थको ८ दशमलव २६, हिमालयनको आठ, नेपाल बैंकको १ दशमलव ५५ र कुमारी बैंकको शून्य दशमलव ३१ प्रतिशतले नाफा घटेको छ ।
त्यसैगरी  सेञ्चुरी बैंकले  ३३ दशमलव ९७, ग्लोबल आईएमईले ११, एनसिसीले १० दशमलव ७४, प्राइमले ४ दशमलव २७, एनआईसी एसियाले ३ दशमलव २४ र एनएमबी बैंकले ० दशमलव शून्य दशमलव ५९ प्रतिशत मात्रै नाफा गरेको शुक्रबार प्रकाशित विवरणमा समावेश छ । 

राष्ट्रिय वाणिज्य बैंकले  चार अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सिभिल बैंकले  ४५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिल बैंकले  तीन अर्ब ५६ करोड रुपैयाँ, एनआइसी एसिया बैंकले  तीन अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।

गएको वर्ष जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकले  तीन अर्ब आठ करोड रुपैयाँ कमाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले  दुई अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । हिमालयन बैंकले  दुई अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ । माछापुच्छ्रे बैंकले एक अर्ब २५ करोड, सानिमा बैंकले  एक अर्ब ७० करोड रुपैयाँ नाफा गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP