Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

सम्पन्नशाली व्यक्तिहरुले मात्र सरकारको आलोचना गरे : प्रधानमन्त्री

file photo

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले धनाढ्य र सम्पन्नशाली व्यक्तिहरुले मात्र सरकारको आलोचना गरेको जिकिर गरेका छन् ।

बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले घर भइरहेका, जागिर भइरहेका र व्यवसाय गरिरहेकाहरुले मात्र सरकारले केही गरेन भन्ने गरेको दाबी गर्दै ‘गरिबको पनि बैंकमा खाता हुनुलाई उपलब्धि नभन्ने रु’ भन्दै प्रश्न गरे ।

उनले भने–‘हरेक नागरिकको बैंकमा खाता हुनु, बाटो बन्नु, विद्युत्मा जनताको लगानी हुनु सरकारको ठूलो उपलब्धि हो ।’

उनले सरकारको बचाउ गर्दै केहीपनि भएन भन्नेहरुलाई ‘आँखा खोलेर हेर्न’ आग्रहसमेत गरे ।

प्रधानमन्त्री ओलीले छिमेकी देश भारत र चीन नेपालको विकासमा सघाउन आतुर रहेको र त्यसका लागि सम्झौताहरुसमेत भइरहेको बताए ।

नेकपा अध्यक्ष ओलीले निर्वाचनकाक्रममा दलहरुबीच तिक्तता रहेपनि अब मुलुकलाई समृद्ध बनाउन एकाकार हुनुपर्ने बताए ।

परिवर्तनका पक्षधर शक्तिहरु एकजुट हुन आवश्यक रहेको नेकपका अध्यक्ष पुष्पकमल दाहालले भनेका छन ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूले विकासका लागि प्रस्ताव गरेको नेपाल, चीन र भारतबीचको साझेदारीका लागि अब भारत र चीनले समेत साथ दिन थालेकोमा खुसी लागेको बताए ।

उनले भने–मुलुकको समृद्धिका लागि परिवर्तनका पक्षधर शक्तिहरु एकजुट हुन आवश्यक छ ।’

नेकपाले काठमाडौंको भृकुटीमन्डपमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP