Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मिर्गौलाको डायलाइसिस गराइरहेका चार जनाले जिते कोरोना

पर्सा – पर्सामा चार जना मिर्गौलाका बिरामी कोरोना सङ्क्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । 

मिर्गौला फेल (इन्ड स्टेज रिनल डिजीज) भई हेमो-डायलाइसिस गराइरहेका ४ जना दीर्घरोगी कोरोना  जितेर अस्पतालको आईसीयूबाट घर फर्किएका हुन् ।

बारा जीतपुर सिमरा उप-महानगरपालिकाकी ३० वर्षीया  सपना श्रेष्ठ, निजगढ नगरपालिकाका ५६ वर्षीय नरबहादुर विक पर्सा पोखिरीयाकी ६५ वर्षीया कोशीला देवी र  वीरगञ्ज महानगरपालिका वडा नं १० घरिअर्वाकी ३५ वर्षीया तारा शर्मा कोरोना जितेर घर फर्किनु भएको हो । 

‘उनीहरुको उपचारमा विशेष खालकाे चिन्ता थियो’  नारायणी अस्पतालका डायलाइसिस इन्चार्ज डा.निरज सिंहले भन्नुभयो ‘हाई रिस्क ग्रुपमा पाइएको सफलताले स्वास्थ्यकर्मीहरुको मनोवल उच्च भएको छ ’।

विक र श्रेष्ठ साेमबार वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । कोशीला र तारा भने हिजो डिस्चार्ज हुनु भएको हो ।  झन्डै १४ दिनको अस्पताल बसाइपछि गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरुमा ३ घण्टाको डायलाइसिसको सेशन ४ पटक गरिएको डा‍‍.सिंहले बताउनु भयो । ‘उहाँहरु त संक्रमित नै हुनु भयो । हाम्रो पनि ज्यान जोखिममा थियो’ डा सिंहले भन्नुभयो ‘दीर्घरोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । उहाँहरुलाई घर फर्काउन सकिएकाेमा खुसी मिलेको छ ’ ।

मिर्गौला फेल भएर डायलाइसिसको सेवा लिइरहेका बिरामीहरुले कोरोनालाई जितेर घर फर्किएको यो घटनाले सकारात्मक सन्देश प्रवाह गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP