कपिलवस्तु, ३० असोज
पछिल्लो समय परिवार नियोजनको आकस्मिक साधनको प्रयोग दर बढेको भन्दै सो बिषयलाई गम्भिर समस्याका रुपमा लिनु पर्ने जिल्लाका स्वास्थ्य सेवा प्रदायकले बताएका छन । कपिलवस्तु ईन्ट्रिग्रेटेड डेभलप्मेन्ट सर्विसेज (किड्स) को आयोजनामा सम्पन्न महिला स्वास्थ्य परियोजनाको बैठकमा सहभागी जिल्ला परियोजना सल्लाहकार समितीका सदस्यले सो बिषयमा चासो देखाएका हुन । पछिल्लो समय सुरक्षित अस्थाई साधन भन्दा पनि आकस्मिक साधन र चिकित्सकिय परामर्श बिनै औषधी प्रयोगद्वारा गर्भपतन गर्ने कार्यले जटिलता थपेको सहभागीले बताए । परियोजनाको उद्धेश्य नेपालका प्रजनन उमेरका महिलालाई आयुसिडीको प्रयोगद्वारा परिवार नियोजन साधन प्रयोग दर बढाउने रहेको जिल्ला कार्यक्रम अधिकृत हुमलाल अधिकारीले जानकारी दिए । आयुसिडीको सेवा प्रदान गर्ने दर्तावाल सेवा प्रदायक नहुदाँ र आकस्मिक परिवार नियोजनको साधनको प्रयोगका कारण प्रजनन उमेरका महिलाले आयुसिडी प्रयोगमा झन्झट मान्ने गरेको संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार द्विवेदीले बताए । निजी क्लिनिकहरुको दर्ता नविकरणका लागी स्थानियतहले निती बनाउन आवश्यक रहेकोमा द्विवेदीले जोड् दिए ।सो अवसरमा महिला स्वास्थ्य परियोजनाको चौथो चरणको परियोजना कपिलवस्तु सहित पाँच जिल्लामा सञ्चालनमा रहेको जनाईएको थियो । सो अवसरमा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले गर्भपतनको औषधी र अन्य प्रतिबन्धित औषधी बिक्री बितरण गर्ने कार्य नियन्त्रण गर्न स्थानिय सरकारले अगुवाई गर्नु पर्ने बताए । प्रदेश सरकारले ऐन ल्याउन ढिलाई गर्दा स्थानिय सरकारले स्वास्थ्य सम्बन्धि ऐन ल्याउन समस्या परेको उनले बताए । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामीछाने, जनस्वास्थ्य प्रमुख योगेन्द्र भगत र बिभिन्न स्थानिय तहका स्वास्थ्य ईकाईका प्रमुखको सहभागीता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया