Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

राष्ट्रिय जनगणनामा ५२ हजार युवालाई अवसर

काठमाडौं

राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझाव अनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जनाएको हो ।

‘शैक्षिक क्यालेन्डर नबिग्रियोस् भनेर सबैतिरबाट सुझाव आयो,’ विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले भने, ‘अब गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिनेछ ।’

उनका अनुसार ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरीवेक्षक नयाँ भर्ना गरिनेछ । उच्च शिक्षा हासिल गरेका स्थानीय बेरोजगार युवाहरुलाई तीन महिनाका लागि गणक र सुपरीवेक्षकका रुपमा भर्ना गर्ने विभागको तयारी छ ।

गणक र सुपरीवेक्षकबाहेक अन्य जनशक्ति भने सरकारी कर्मचारी नै हुनेछन् । सबै गरेर जनगणनामा ५४ हजार ४ सय १३ जना खटिने जनसंख्या निर्देशक लामिछानेले जानकारी दिए । जिल्लास्तरमा चाहिने गणक जिल्लाकै तथ्यांक कार्यालयले भर्ना गर्नेछ ।

२०७८ जेठ २८ गतेदेखि १५ दिनसम्म गणकहरु देशका सबै घरमा खटिएका जनगणना गर्नेछन् । तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP