Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कृष्णनगर घटना : मृतकको शव परिवारले बुझे

कपिलवस्तु

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा कृष्णनगरमा बिहिबार प्रहरीको गोली लागि मृत्यु हुने सुरजकुमार पाण्डेयको शव आफन्तले बुझेका छन् । मृतक पाण्डेयको शब पोष्ट मार्टमको प्रकृया पुरा गरी आज परिवारलाई हस्तान्त्रण गरिएको हो । साथै मृतकका परिवारले काजकृया वापतको २५ हजार रुपैया बुझेका छन् । आज तौलिहवामा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले मृतकका हजुरबुबा ओमप्रकाश पाण्डेय लाई सो रकम हस्तान्त्रण गर्नुभएको हो । रकम हस्तान्त्रण गर्दै प्रजिअ श्रेष्ठले मृतकका परिवारले क्षतीपूर्ती वापत माग गरेको रकमको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । पाण्डेको बिहिबार प्रहरीको गोली लागि ज्यान गएको थियो । स्थानीय प्रशासनले कर्फ्यु जारी गरेकै सयममा निषेधाज्ञा तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागि भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको हो । कृष्णनगरमा लगाईएको कर्फ्यू भने जारी छ । हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेपछि समझदारी कायम गर्नका लागि थालिएका विभिन्न पहल असफल भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फयू जारी गरेको हो ।
प्रशासनले विहिवार विहान ११ बजे देखि अर्को आदेश नभएसम्मका लागि कर्फयू जारी गरेको छ । कर्फयू कृष्णनगर भन्सार कार्यालय देखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्व तर्फ ३ सय मिटर क्षेत्रमा कर्फयू जारी गरिएको प्रशासनले जानकारी दिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP