Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

कृष्णनगर घटना : मृतकको शव दाहासंस्कार, कर्फ्यू भने कायमै

माधव बेल्वासे
कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर घटनमा ज्यान गुमाएका २० वर्षीय सुरजकुमार पाण्डेको दाहासंस्कार गरिएको छ । प्रशासन सग भएको १० वुदे सहमति पश्चात साझ करिव ५ वजे स्थानिय सुरही खोलामा दाहासंस्कार गरिएको हो ।


लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा वुधवार वाट भएको विवादले उग्ररुप लिँदा प्रहरीको गोली चलाउँदा उनको ज्यान गएको थियो । पिडितको मागलाई सम्वोधन गर्दै १० वुदे सहमती पत्रमा सम्झौता भएपछी परिवारले उनको शव वुझेका थिए ।


सहमति भएका बुँदामा मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल शाहँलाई कानुनी कारवाही गर्ने, मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मृतक पाण्डेलाई शहिद घोषणा गर्न सम्वन्धित निकायमा सिफारिस गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासन ले जनाएको छ ।


आज प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले मृतकका हजुरवुवा ओमप्रकास पाण्डेलाई काजकृया गर्न भन्दै २५ हजार हस्तानतरण समेत गर्नुभएको छ । आज कृष्णनगरको अवस्था सामान्य भएपनि वुधवार विहान ११ वजे वाट सुरु भएको निषेधाज्ञा अझै पनि कायमै रहेको छ । वुधवार साझ जिल्ला सुरक्षा समितिको बैठक वसी मध्यरातमा प्रहरीले लक्ष्मीको मुर्ति नजिकै रहेको तलाउमा विसर्जन गरिएको थियो ।
सुरक्षा ब्यावस्था लाई मध्यनजर गर्दै कफ्र्यु कायमै रहने जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जवराले जानकारी दिनुभएको छ । अवस्था केहि सामान्य भएको भएपनि प्रर्दशनकारीहरु आक्रेशित भएको हुदा केहि समयको लागी कफ्र्यु कायमै रहने वताउनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP