Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

के हो यस्तो जसले गर्दा ८ करोड मान्छेको ज्यान जान सक्छ

एजेन्सी

संसारसामु एक ठूलो चुनौती आउने भएको छ । यो चुनौती हावामा फैलिने एक विनाशकारी भाइरस हुनेछ, जसले चुनौती दिएको अर्थात् संकेत दिएको ३६ घन्टामा पूरै संसारमा फैलिनेछ ।

यसका कारण संसारका आठ करोड मानिसको मृत्यु हुन सक्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का पूर्वप्रमुखले यो सावधानी जारी गरेका छन् । उनले यसलाई अहिलेसम्मकै विनाशकारी फ्लु ९भाइरस० बताएका छन् । डब्लुएचओले यसका लागि तयार रहन सचेत गराएको छ ।

विशेषज्ञका अनुसार करिब एक शताब्दीअघि अर्थात् सन् १९१८ मा स्पेनिस फ्लु महामारीले संसारको एक तिहाइ क्षेत्रमा संक्रमित भएको थियो । यो फ्लुका कारण पाँच करोड मान्छेको ज्यान गएको थियो । अब आउने भनिएको फ्लुले स्पेनिस फ्लुभन्दा पनि कैयौं बढी विनाशकारी हुने बताइएको छ । विशेषज्ञका अनुसार यो फ्लु यसकारण पनि विनाशकारी हुनेछ, किनकि यो मात्र ३६ घन्टामा पूरै संसारमा फैलिनेछ ।

विश्व स्वास्थ्य संगठनका पूर्वप्रमुखको नेतृत्वको ‘द ग्लोबल प्रिपेयर्डनेस मनिटरिङ बोर्डका स्वास्थ्य विशेषज्ञको टोलीले आफ्नो यो रिपोर्ट सबै देशका नेतालाई सुरक्षाका लागि आवश्यक कदम चाल्न पठाएको छ । बोर्डद्वारा बुधबार जारी रिपोर्टमा पूरै संसारमा फैलिन सक्ने यस महामारीको चेतावनी वास्तविक भएको बताइएको छ ।

विशेषज्ञका अनुसार तेज गतिमा फैलिने यो फ्लु एकदमै विनाशकारी छ । यसमा १० करोड मानिसको ज्यान लिन सक्ने क्षमता छ । साथै, यसका कारण कैयौं देशको अर्थव्यवस्था बिग्रिने तथा राष्ट्रिय सुरक्षा अस्थिर हुने बढी खतरा छ । विशेषज्ञहरूले आफ्नो यो रिपोर्टको नाम ‘अ वर्ल्ड एट रिस्क’ दिएका छन्, जसमा भनिएको छ– यो भाइरस इबोलाजस्तै विनाशकारी साबित हुन सक्छ ।

विनाशकारी भाइरसको सचेत गराउने संस्था द ग्लोबल प्रिपेयर्डनेस मनिटरिङ बोर्डको नेतृत्व नर्वेका पूर्वप्रधानमन्त्री वा डब्लुएचओका महानिर्देशक डा। ग्रो हार्लेम बुन्डल्यान्ड र इन्टरनेसनल फेडेरेसन अफ रेडक्रसका महासचिव अल्हदज अस सायले गरिरहेका छन् । संस्थाद्वारा जारी रिपोर्ट के भनिएको छ भने उनीहरूद्वारा यसअघि जारी गरिएको यो खतरनाक फ्लुको रिपोर्टलाई विश्वका नेताहरूले पूरै बेवास्ता गरेका थिए ।

डब्लुएचओले यस रिपोर्टमा सिल गरेको छ । मानचित्रको माध्यमबाट थाहा हुन्छ कुन देशमा छ खतरा सो संस्थाले विनाशकारी फ्लुको रिपोर्टका साथ यसको असर पर्ने सम्भावित देशका बारेमा पनि एक मानचित्रको माध्यमबाट जानकारी गराएको छ । हामीलाई थाहा छ, संसारमा यसअघि पनि पाँच विनाशकारी फ्लु– इबोला, जिका र निपाजस्ता विनाशकारी भाइरसले हमला गरिसकेको छ । यसका अतिरिक्त वेस्ट नील भाइरस, एन्टिबायोटिक प्रतिरोध, खसरा, तीव्र फ्लेसिड मायलाइटिस, पहेंलो ज्वरो, डेंगी, प्लेग तथा ह्युमन मंकीपोक्स पनि संसारको केही विनाशकारी फाइरसमध्ये पर्दछन् ।

जिपिएमबीको रिपोर्ट जिपिएमबी रिपोर्टमा के चेतावनी दिइएको छ भने अहिलेसम्मको सबभन्दा विनाशकारी भाइरसले विश्वमा पाँचदेखि आठ करोड मान्छेको ज्यान लिन सक्छ । यो भाइरस सासका कारण हावामा तीव्रसँग फैलिनेछ र महामारीको रूप लिन्छ । यसका कारण संसारको पाँच प्रतिशत अर्थव्यवस्था पनि प्रभावित हुन सक्छ । विश्व यस खतरालाई लिएर तयार छैन् । यसका कारण गरिब देशको स्वास्थ्य सेवा लथालिंग हुन सक्छ ।
यो रिपोर्टमा सिल लगाउँदै डब्लुएचओका महानिर्देशक टेड्रोस एडनाम घिबेयियसले सबै देशका सरकारसँग यो खतरासँग जुध्न तयार रहन आह्वान गरेका छन् । उनले भनेका छन् यो मौका हो जब जी–७, जी–२० र जी–७७ मा सहभागी देशले बाँकी विश्वकाका लागि एक उदाहरण प्रस्तुत गर्न सक्छन् । हावामा फैलिने भनिएको यो विनाशकारी फ्लुको चेतवानी डब्लुएचओद्वारा यसअघि पनि जारी गरिसकिएको छ ।

सबभन्दा घातक थियो १९१८ को फ्लु
एक शताब्दअघि सन् १९१८ मा फैलिएको एक ज्यानमारा भाइरसले संसारको एक तिहाइभन्दा बढी क्षेत्रमा हमला गरेको थियो । यसका कारण एक महिनाभित्र संसारभर पाँच करोड मान्छेको मृत्यु भएको थियो । यो आँकडा पहिलो विश्वयुद्धमा भएको कुल मृत्युभन्दा तीन गुणा बढी हो । यो इतिहासमा सबभन्दा तेजसँग फैलिने तथा मान्छेलाई सबभन्दा छिटो मृत्युको मुखमा धकेल्ने भाइरस थियो ।

यो भाइरसको असर सबभन्दा बढी बालबालिका, वृद्ध तथा शारीरिक रूपमा कमजोर मान्छेहरूमा हुने गर्छ । यसको विपरीत सन् १९१८ को यो फ्लुका सिकार सबभन्दा बढी युवाहरू भएका थिए । यो फ्लुले सबभन्दा बढी असर जर्मनी, बेलायत, फ्रान्स, स्पेन र अमेरिकामा परेको थियो । ईहुलाकी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP