Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

राष्ट्रिय भुमि अधिकार मञ्चले भोली मुख्य मन्त्रिलाई ज्ञापन पत्र बुझाउने ।

केशब बेल्बासे
कार्तिक १९

राष्ट्रिय भूमि अधिकार मञ्च प्रदेश न.५ ले कपिलबस्तु लगायत बिभिन्न जिल्लामा साइकल ¥याली सुरु गरेको छ । आज चन्द्रौटाबाट पनि प्रदेश न.५ को कार्यालय बुटवलमा भोलि हुने कार्यक्रममा सहभागि हुन साइकल ¥याली बुटवल गएको हो ।

भुमि अधीकार आन्दोलनलाइ सार्थक र सफल पारौ भन्ने मुल नाराका साथ प्रदेश नं ५ का १२ ओटा जिल्ला मध्ये अत्याधिक समस्यामा परेका बर्दिया, बाँके, दाङ्ग, प्युठान, सल्यान, कपिलबस्तु, रुपन्देही, परासी, पाल्पा लगायतका जिल्लाकाबाट भुमिअधीकारबाट बञ्चेतिकरणमा परेका भुमिहिन नागरिकले चरणबद्ध रुपमा अभियानलाइ निरन्तरता दिदै एक हप्ता देखी साइकल तथा पदयात्रा गर्दै बुटवलमा रहेको मुख्यमन्त्री कार्यलयमा माग सहित भोली मुख्य मन्त्रिलाई भेटगरि आफना माग राख्ने कार्यक्रम रहेको छ ।
¥याली लाई संबोधन गर्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले भुमिहिन नागरिकका सवाल सबैको सवाल बन्नु पर्ने बताउंदै कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिनु भयो ।
कपिलवस्तु जिल्ला शिवराज नगरपालीकाबाट पनि राष्ट्रिय भुमिअधीकार मञ्चले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागि हुनका लागि साइकल ¥याली तथा पदयात्रा बुटवल गएको छ ।

कार्तीक २० गते मुख्य मन्त्रिको कार्यलयमा पुगेर माग सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । सविंधानमा उल्लेखगरीएका अधिकारमा रही भुमी सगँ सम्बन्धित ऐन कानुन बानाउनु पर्ने, त्यसमा भुमिअधीकार मञ्चको सहभागीता गर्नुपर्ने, सुकुम्बासी भुमिहीन अव्यवस्थीतहरुलाई लालपुर्जा बितरण गर्नुपर्ने,मालपोत, नापी, नगरपालीका, वडा कार्यालयबाट गरीने सेवाहरु दलीत, विपन्न सिमान्तकूत समुदायका लागि निशुल्क रुपमा उपलब्ध गर्नुपर्ने जस्ता माग लिएर मुख्यमन्त्री कार्यालय सम्म पुगेर ज्ञापन पत्र बुझाउने कायक्रम रहेको छ । ¥यालीमा लगभग ३५ जना भुमिहीन नागरीक शिवराज नगरपालिका बाट साइकल सहित सहभागी भएको जिल्ला भुमि अधिकार मञ्चका अध्यक्ष निरपत थारुले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा भुमिमा काम गर्ने तर आफनै भुमि नहुनेको लागी भुमि हुनुपर्यो, सुकुम्बासीका लागी पनि जग्गाको लालपुर्जा हुनुपर्ने, गरिखाने वर्गलाइ जमिन हुनुपर्ने र गरीबका माग पुराहुने आसाका साथ मुख्य मन्त्री सामु भोली ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको भुमि अधिकार मञ्च शिवराज नगरसमितिका अध्यक्ष ज्ञानेन्द्र लामीछानेले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP