साढे ५९ किलो गाँजासहित दुईजना समाति

हेटौंडा

साउन ३०

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ बस्ने २० वर्षीय भीमसेन मोक्तान र सोही स्थानका २६ वर्षीय रोशन लामा छन् ।

उनीहरुको साथबाट ५९ किलो ५८० ग्राम गाँजा फेलापरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई बिहीबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो ।

मकवानपुरको उत्तरी क्षेत्र पालुङबाट वीरगन्जतर्फ जान लागेको बा५ख १८२५ नम्बरको मिनिट्रकमा उनीहरुले लुकाएर गाँजा लैजाँदै गरेको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा चेकजाँच गर्दा गाँजा फेलापरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP