Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गाउँपालिका अध्यक्ष थापाको अर्को महत्वपूर्ण कार्य

राम प्रघट कोरी
कार्तिक २९ गते –विजयनगर
विजयनगर गाउँपालिकाको वडा नंं. १ भौगोलिक बनावटले अति विकट भएको ठाउँमा नेपाल टेलिकमको टावर राखिने भएको छ । गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा टावर राख्न लागिएको हो । नेपाल टेलिकमको टोलीले नेवलागञ्जका प्रधान थारुको जग्गा स्थलगत निरिक्षण गरेर सो ठाउँको सम्झौता गरी टावर राख्न लागेको नेपाल टेलिकमका टोली प्रमुख बामदेव घिमिरेले बताउनु भएको छ । विगत लामो समयदेखि टावर नभएकोले देश विदेशमा रहेका आफ्नो परिवार, आफन्तजनहरुसँग कुरा गर्न पाउँने वातावरण नहुँदा फोन सम्पर्कका लागि स्थानीयबासीले धेरै समस्या झेल्दै आईरहेका छन् ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको लामो प्रयास पछि सम्बन्धित निकायमा पटकपटक प्रयास गर्दै काठमाण्डौँ, भैरहवा नेपाल टेलिकमको कार्यालयमा डेलिकेशन लिएर त्यहाँको अवस्था बारे जानकारी गराउँदै पत्र समेत बुझाउनु भएको थियो । तत्काल उक्त समस्याको समाधान गर्नका लागि विहिवार नेवलागञ्जमा पुगी प्रथम चरणको काम थालनी गरिएको छ । एक वर्ष भित्र टावरको सम्पूर्ण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने त्यहाँका स्थानीय सेवाग्राहीहरुलाई नेपाल टेलिकमका टोली प्रमुख बामदेव घिमिरले विश्वास दिलाउनु भएको छ । त्यस ठाउँमा ५० मिटर अग्लो टावर राख्न लागिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP