गाउँपालिका अध्यक्ष थापाको अर्को महत्वपूर्ण कार्य

राम प्रघट कोरी
कार्तिक २९ गते –विजयनगर
विजयनगर गाउँपालिकाको वडा नंं. १ भौगोलिक बनावटले अति विकट भएको ठाउँमा नेपाल टेलिकमको टावर राखिने भएको छ । गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा टावर राख्न लागिएको हो । नेपाल टेलिकमको टोलीले नेवलागञ्जका प्रधान थारुको जग्गा स्थलगत निरिक्षण गरेर सो ठाउँको सम्झौता गरी टावर राख्न लागेको नेपाल टेलिकमका टोली प्रमुख बामदेव घिमिरेले बताउनु भएको छ । विगत लामो समयदेखि टावर नभएकोले देश विदेशमा रहेका आफ्नो परिवार, आफन्तजनहरुसँग कुरा गर्न पाउँने वातावरण नहुँदा फोन सम्पर्कका लागि स्थानीयबासीले धेरै समस्या झेल्दै आईरहेका छन् ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको लामो प्रयास पछि सम्बन्धित निकायमा पटकपटक प्रयास गर्दै काठमाण्डौँ, भैरहवा नेपाल टेलिकमको कार्यालयमा डेलिकेशन लिएर त्यहाँको अवस्था बारे जानकारी गराउँदै पत्र समेत बुझाउनु भएको थियो । तत्काल उक्त समस्याको समाधान गर्नका लागि विहिवार नेवलागञ्जमा पुगी प्रथम चरणको काम थालनी गरिएको छ । एक वर्ष भित्र टावरको सम्पूर्ण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने त्यहाँका स्थानीय सेवाग्राहीहरुलाई नेपाल टेलिकमका टोली प्रमुख बामदेव घिमिरले विश्वास दिलाउनु भएको छ । त्यस ठाउँमा ५० मिटर अग्लो टावर राख्न लागिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP