कपिलवस्तु
थारु समुदायको भेषभुषा, संस्कृतिसँग नर्वेका शिक्षक विद्यार्थी टिम निकै रमाएका छन् । शनिबार शिवराज नपा १, शिवपुरमा आएका उनीहरु स्थानीय थारु समुदायको संस्कृति, रहनसहन, भेषभुषा एवं खानपानसँग उनीहरु रमाएका हुन् ।
किर्डाक नेपालद्वारा संचालित कार्यक्रम अन्तर्गत नर्वेका २ शिक्षक र १५ जना विद्यार्थीहरुको टोली अध्ययन अवलोकनका लागि शिवपुरमा आएका हुन् । शिवपुरमा आएका नर्वे टोलीका किशोरीहरु थारु परिहन लगाएर स्थानीय सहनसहनबारे घरघरमा पुगी अवलोकन गरेका थिए । स्थानीय थारु महिला तथा किशोरी तथा बालिकाहरु समेत आफ्नो जातीय पहिचान झल्काउने खालका पोशाक लगाएर नर्वे टोलीको स्वागतमा खटिएका थिए । गाउँभरिका महिला, पुरुष एवं किशोर, किशोरीहरुले कार्य विभाजन गरी गाउँघर तथा बाटोघाटो सजाएका थिए ।
स्थानीय किशोरीहरुले थारु संस्कृति झल्काउने गीत नृत्य प्रस्तुत गरेसँगै नर्वे टोली समेत सँगसँगै नाचेर रमाएका थिए । नर्वे टोलीलाई स्थानीय थारु महिलाहरुले थारु परिकारहरु बनाएर खानाको स्वाद चखाएका थिए । ढिकरी, खँरिया, घोँघी, सिध्रा, फुलौरी तथा विभिन्न परिकारहरुद्वारा नर्वे टोलीलाई स्वागत गरे । थारु समुदायको खानपानसँगै नर्वे टोली प्रभावित भएका थिए । स्थानीय चेतनशिल किशोरी सम्बादका किशोरीहरुका साथै महिला समूह, किशोर समूहका बालबालिकाहरु समेत उनीहरुको स्वागतमा निकै सक्रिय थिए ।
नर्वेको क्रिस्टियन्सनस्थित क्रिस्टियन्सन पिपल हाई स्कूलकी शिक्षिका टेरेसाले आफूहरु नेपालका थारु समुदायको कल्चरबारे जानकारी हासिल गर्न नेपाल आएको बताइन् । उनले आफूहरु विभिन्न कार्यक्रम गरी संकलन गरेको फण्ड नेपालको ग्रामीण भेगका बालबालिकाहरुको शैक्षिक विकासका लागि पठाउने गरेको बताइन् । उनले नेपालीहरुसँग आफूहरुको साइनो गाँसिएकाले यहाँ आउँदा आफूहरुलाई निकै रमाइलो अनुभव भएको सुनाइन् । यहाँको राम्रा कुरालाई आफ्नो देशमा गएर प्रचार प्रसार गर्ने उनले बताइन् ।
कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले नर्वे टिमलाई आफ्नै गाउँमा स्वागत गर्न पाएकोमा खुशीको अनुभूति सुनाइन् । उपप्रमुख थारुले नर्वे शिक्षिका टेरेसासँग मित्रता समेत गाँसेर मायाको चिनो दिइन् । कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जिसीले समेत नर्वे टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले उनीहरुको स्वागतमा कुनै पनि कमी हुन नदिन स्थानीय किशोरीहरुलाई आग्रह गरे । कार्यक्रममा किर्डाक नेपालका केन्द्रिय प्रतिनिधि, किर्डाक नेपालका हरिप्रसाद लौडारी, श्री बहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया