Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

दलितकाे घरमा पुजा नै नगरि पण्डित भागे पछि

कपिलवस्तु
कपिलवस्तुमा दलितको घरमा पुजा गर्दैनौ भन्दै पुजारी भागेका छन । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका स्थानिय मिलन विश्वकर्माले निकै मेहनतका साथ बनाएको घर पुजा, सत्यानारायण पुजा र रुद्री पुजा गर्नका लागि उत्शाहाका साथ सबै प्रक्रिया पुरा गरिसके पुजा गर्ने दिन आयो । विहानै उठि घरको सरसफाई गरी चिटिक्का पारियो ।

आफन्तजन,इस्टमित्र,साथिभाइ समेत घरमा आए । घरमा हर्षउल्लासका साथ अफान्तहरु एक आपसमा खुशियाली सटासाट गरि रहेका थिए ।
घरको पुजा गर्ने ठाँउ समेत लिपपोत गरी सफा सुग्घर बनाइएको थियो ।

घरको पुजा गर्न भनी तमाझाम गरिएको अवस्थामा विहान १० बजे पुजा गर्नका लागि पण्डित आए । पुजा गर्ने विधि सुरु हुना साथ पुजारी अनेक बहान बनाई पुजा घरवाट एकै छिनमा आउछु भन्दै पुजारी बाहिर निस्कीए । करिब १ घण्टा कुर्दा पनि पण्डित फिर्ता नआएपछी एकाएका पण्डित भागेको खबर आयो । घरको एक सदस्यका अनुसार ब्राहमण पण्डितले दलितको घरमा पुजा गर्न हुदैन भन्दै गएको बताए ।

पुजारी भागेपछी पुजा कार्य केही समय अलपत्र परि रोकियो । पछि अर्कै पण्डित बोलाई पुजा कार्य विधिवत रुपमा सम्पन्न गरियो । यो घटना शनिबार भए पनि आज मंगलबार बहिरा आएको हो । पण्डित भिम प्रसाद आचार्य र गोविन्द भट्टराई पुजा स्थान छोडेर भागेको पिडितले बताएका छन ।

पुजारी भाग्नु गलत कार्य भएको स्थानिय अगुवाहरुले बताएका छन । अहिले मावन छुवाछुत अन्त्य भएको छ । यदि कसैले यस्तो घृणीत कार्य गर्छ भने कानुनि कार्वाही हुनु पर्ने स्थानियकाे माग छ । नेपालमा छुवाछुत भेदभाव लगायतको कार्य गर्नु कानुन विपरित भएपनि अहिलेको अवास्थामा यस्तो हुने निकै निन्दनिय कार्य हो । त्यस्तै भागेका पुजारीलाई पक्राउ गरी कानुन बमोजिम कार्वाही हुनु पर्ने राम निवास पुरीले बताउनु भयो ।

घर पुजा,सत्यानारायण पुजा र रुद्री पुजामा प्रदेश सभा सदस्य, नगर प्रमुख, वडा अध्यक्ष लगायतको सहभगीतामै पण्डित भागेको थिए । सो घटनालाई थामथुम पार्नका लागि कपिलवस्तुका उच्च ओहदाका व्यक्ती पनि लागि परेका छन । यस्तो घटनाले समाजमा नकारात्मक प्रभाव परेको छ । यस्तो हर्कत गर्नेलाई कडाभन्दा कडा कर्वाही हुनु पर्ने आम समुदायको माग रहेको छ । रेडियाे भ्वाईसकाे फेसबुक बटा

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP