चन्द्रौटा–कृष्णनगर चारलेन सडक निर्माण कार्य तिव्र ।।

दिपक के.सी.
मंसिर ६ कपिलवस्तु
कपिलवस्तु व्यापारी केन्द्र चन्द्रौटा कृष्णनगर रोड चारलेन निर्माण कार्यले तिव्रता पाएको छ । व्यापारिक दृष्टिले निकै महत्व बोकेको सडक निर्माण कार्य धमाधम भइरहेको छ । कृष्णनगर देखि चन्द्रौटा जोड्ने सडक चारलेन निर्माण कार्य शुरु भए पछि यस क्षेत्रका उद्योगी र व्यापारी पनि खुसी भएका छन । भारतिय सिमा संग जोडिएको सडक चारलेन निर्माण संगै दुई देशिय आयत निर्यातमा सहजता हुनेछ । राष्ट्रिय गौरवको यो आयोजना सक्न अझै २८ महिना लाग्ने निर्माण कम्पनी दिनेश चन्द्र कालिका कन्ट्रक्सन जेभीले जनाएको छ । सडक निर्माणको जिम्मा पाएको जेभीले निर्माणको काम गत बर्ष फागुनबाट सुरु गरेको आठ महिनामा ५ प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ । चन्द्रौटा देखि कृष्णनगरसम्म यो सडकखण्ड २० किलोमिटरको छ । दुईलेन रहेको यस सडकमा २१ मिटर चौडाइमा चारलेन सडक निर्माण गरिने निर्माण कम्पनीका साइट म्यानेजर खिम कार्कीले जनाए ।
चारलेन सडक निर्माणको काम दिन रात दुई सिफ्टमा काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । सडक सुधार विकास आयोजनाले प्रत्यक्ष निगरानी गर्ने यो सडकखण्ड निर्माणका लागि भारतीय एक्जिम बैंकले सहयोग गरेको छ । सडक सुधार विकास आयोजना र एक्जिम बैंक बीच सडक निर्माणका लागि सम्झौता अनुसार यो सडक निर्माण हुनलागेको हो । दुई बीचको सम्झौता पछि यो सडकखण्डको ठेक्का कालिका दिनेश चन्द्र जेभिले जिम्मा लिएको छ । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभि भारतीय कन्ट्रक्सन हो । भारतिय एक्जिम बैंकको सहयोग रहेको हुदाँ सडक निर्माणको ५१ प्रतिशत सामाग्री भारतबाट आयात गरिने छ ।
सडक निर्माणको काम सुरु भए सगै अहिले सडकमा ज्वाइन सर्वे, माटो फिलिङ, टप स्वाइलको काम सकिएको छ । नाली निर्माणको काम संचालनमा रहेको कम्पनीले जनाएको छ । अब ग्राबेल गरि पिच भत्काउने काम सुरु हुने साइट म्यानेजर कार्कीले बताए । सडक फोर लेनको बन्ने र बीचमा डिभाइडर हुने कम्पनीले जनाएको छ । आयोजनाले चन्द्रौटा–कृष्णनगर २० किलोमिटर फोर लेनको अलवा कृष्णनगर बजारमा पनि आयोजनाले काम गर्ने छ । बजार भित्र ८ किलोमिटर नाली सहितको दुई लेनको सडक बन्नेछ जसले गर्दा कृष्णनगर बजार पनि सुन्दरीकरण हुनेछ । कृष्णनगर बजार भारतीय सिमासंग जोडिएको महत्वपूर्ण बजार हो ।
चन्द्रौटा–कृष्णनगर सडकखण्ड नेपाल भारत बीचको व्यापार आदानप्रदान गर्ने देशकै महत्वपूर्ण सडकखण्ड हो । दिल्लीसंग सिधा जोडिने यो सडकखण्ड हुँदै अरवौं रुपैयाँको व्यापार दुई देश बीच आदान प्रदान हुँदै आएको छ । यस सडक निर्माणले पूर्णता पाए संगै यहाँका उद्योगलाई आयात निर्यातमा सहजता हुने अटल सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक तथा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाँले बताए । तेस्रो मुलक संगको पारवाहन अनुमति समेत पाएको भन्सार कार्यालय कृष्णनगरमा रहेकोले सडक निर्माण पश्चात तेस्रो मुलुकबाट आयात गर्न उद्योगहरुलाई सहज र कम मुल्य पर्न जाने उनले बताए । सडक निर्माण सुरु भए संगै यस क्षेत्रमा १० वटा उद्योग स्थापना लागी आइसकेको मियाँले बताए । सडक निर्माणले यस क्षेत्रकै विकासमा ठूलो महत्व राख्ने र यहाँको जनजीवन परिर्वतनमा टेवा पुग्ने स्थानिय रामनिवास पुरीले बताए । ७० करोड बजेटमा निर्माण हुन लागेको चारलेन सडक निर्माणमा २२० जनाले रोजगारी पाएका छन । ४ वटा जेसिभी र २५ वटा टिप्पर प्रयोग भएको निर्माण कम्पनी जेभीले जनाएको छ ।सडक निर्माण कार्यमा कुनै अवरोध नआएकोले समयमा नै सडक निर्माण काम सकिने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP