कपिलवस्तुड
मंसिर १४ गते हुने उपनिर्वाचनमा शिवराज नगरपालिका १० लालपुरलाई नेकपाले वहुमत सहित जित हासिल गर्न घरदैलो अभियान गरिएको छ । वडाका सवै घरमा पुगेर सुर्यमा मतदान गर्न अपिल गरिएको छ । आम नागरिकका समस्यालाई नेकपाले नजिकवाट नियालेको र जनताले पनि नेकपालाई नै रोज्ने नेकपा शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुनले वताउनुभयो ।
लालपुरमा शिक्षा, स्वास्थ्य तथा किसानहरुलाई सहज रुपमा सिचाईको व्यावस्था गर्ने आफुनो मुख्य उद्देश्य रहेको उम्मेदवार अदालत मनियारले वताउनुभयो । सडकको अवस्था नाजुक र किसानहरु चपेटामा परेकोले यसलाई समाधान गर्नु आफुनो मुख्य दायित्व रहेको मनियारले जनाउनुभयो ।
कपिलवस्तुको एक ठाउ मात्र निर्वाचन रहेको यस निर्वाचनमा नेकपाको जित निश्चित रहेको मतदाताले समयमै विकासप्रेमी व्यक्तिलाई छनोट गर्नुपर्ने नेकपा प्रदेश कमिटि सदस्य वालकराम वुढाले वताउनुभयो । लालपुरलाई सुन्दर सफा विकासमा नगरकै नमुना वडा बनाउन नेकपाले हरप्रयास गर्ने जनाउनुभयो
उपनिर्वाचनलाई शान्त व्यावस्थित तरिकाले सम्मपन्न गराउनुपर्ने भन्दै मतदाताहरुलाई नेकपाका नगर ईन्चार्ज लंक वहादुर हमालले आग्रह गर्नुभयो । विगत २ वर्षको समयमा नेकपाले उल्लेखनीय काम गरेको समेत वतानुभयो । लामो समयदेखी लालपुरका समस्याहरुलाई नजिक वाट हेर्नुभएका व्यक्तिलाई नेकपाले उम्मेदवार बनाएको भन्दै जित निश्चित रहेको नगर कमिटि सचिव जगत पौडेलले जानकारी दिनुभयो
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया