महाराजगंज सब–स्टेशनबाट विद्युत सेवा आज देखि सुचारु

कपिलवस्तु, असोज १
कपिलवस्तुको महाराजगंज सब–स्टेशनबाट विद्युत सेवा आज देखि सुचारु गरिएको छ । नेपाल विद्युत प्राधिकरणको वितरण प्राणली सुद्धीणीकरण तथा विस्तार आयोजना अन्तरगत महाराजगंजमा सब स्टेशन निर्माण गरिएको हो ।  
नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको महाराजगंज नगरपालिका १ मा निर्माण गरिएको सबस्टेशनबाट आज विद्युत सेवा सुचारु गरेको हो ।
विद्युत पहुचबाट टाढा रहेको जिल्लाको हरदौना, कुशहवा जस्ता गाँउमा विद्युत प्रवाह गर्नका लागि महाराजगंज सव स्टेशनबाट विद्युत सेवा सुचारु गरिएको कृष्णनगर विद्युत प्राधिकरणका प्रमुख मक्सुद आलम शेखले जानकारी दिनुभयो ।
महाराजगंजमा सब स्टेशन नहुदा चन्द्रौटा वितरण केन्द्रबाट विद्युत प्रवाह हुदै आएको थियो । महाराजगंज सव स्टेशनलाई चर्जा गरी जिल्लाको विद्युत सेवालाई चुस्तदुरुष्त बनाइएको कृष्णनगर प्राधिकरणका प्रमुख शेखले जानकारी दिनुभयो ।
जिल्लाको बुटहनिया, मर्यादपुर, तौलिहवा, हरदौना क्षेत्रको करिब एक हजार घरधुरीले सब स्टेशनबाट विद्युत सेवा पाउने नेपाल विद्युत प्राधिकरणबुटवल डिभिजन कार्यालयका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । 
कुल ३ अर्बको लागानीमा निर्माण सम्पन्न भएको आयोजनाले जिल्लामा विद्युत सेवा प्रवाहमा सजिलो हुने बुटवल डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले बताउनु भयो ।
ए टु जेड इन्फ्रा निर्माण कम्पनीले सन २०१६ देखी सब स्टेशन निर्माण कार्यको जिम्मा पाएको थियो ।  दुई बर्ष सम्म निर्माण सक्ने सम्झौता भएपनि विभिन्न कारणले गर्दा निर्माण कार्य ढिलो सम्पन्न भएको कम्पनीका प्रबन्धक म्यानेजर सागर लुइटेलले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणको वितरण प्राणली सुद्धीणीकरण तथा विस्तार आयोजनाअन्तरगत महाराजगंजबाट ३३ केविए विद्युत लाइनलाई कन्ट्रोल गरी ११, ११ केविएको सप्लाई दिइएको हो । आज विश्वकर्मा पुजाको दिन राम्रो मनिएकोले सब स्टेशन चर्जा गरिएको नेपाल विद्युत प्राधिकरण कृष्णनगर शाखाले जनाएको छ ।
प्राधिकरणले जग्गा खरिद गरेर सब स्टेशन निर्माण गरेको हो । असार मसान्तमा निर्माण सकिएको सब स्टेशन आज देखि चार्ज गर्न थालिएको हो । चन्द्रौटा सब स्टेशनबाटै विद्युत बाल्दैआएका महाराजगंजबासी लाई महाराजगंजमा सब स्टेशन निर्माणपछि सहज भएको छ । चन्द्रौटामा केही समस्या आउँदा विद्युत बन्द गर्नुपर्ने समस्या थियो अब देखी समस्या समाधान भएकोमा महाराजगंज तथा आसपासका गाउवासीमा खुशी छाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP