Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत सुरु, दैनिक ७ घण्टा आवागमन बन्द

कञ्चनपुर – कञ्चनपुरकोे दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत कार्य शनबिारदेखि सुरु गरिएको छ ।

ठाँउठाँउमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि जीर्ण बन्दै गएको पुलको शनिबारदेखि मर्मत कार्य सुरु गरिएको हो । पुलको मर्मत सुरु भएसँगै दैनिक ७ घण्टाका लागि आवागमन बन्द बन्द गरिएको छ ।

मर्मत कार्यमा सजिलो होस् भनेर बिहान, दिउँसो र राति गरी दैनिक ७ घण्टा आवागमन बन्द गरिएको माहााकाली नगरपालिका ६ का वडा अध्यक्ष दिलबहादुर सिंजालीले बताउनुभयो । उहाँले पुलको मर्मतका लागि दैनिक बिहान ७:१५ देखि ९:१५ बजेसम्म, दिउँसो ११ देखि २ बजे तथा राति ८ देखि १० बजेसम्म पुलमा आवागमन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

सुदूर पश्चिमको पर्यटकीय स्थलका रुपमा हेरिएको झोलुङ्गे पुलको मर्मतका लागि प्रदेश सरकारले गत वर्ष ५० लाख र चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

डडेलधुराको खाम्पाचे/देवभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्स अमरगढी ५ जेभीसँग १ करोड १० लाखमा पुल मर्मतका लागि सम्झौता भएको माहाकाली नगरपालिकाले जनाएको छ ।

२०६१ मा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुलको लम्बाई १ हजार ४ सय ५२ मिटर रहेको छ ।

पुलमा ५० किलो तौलसम्मका सामाग्री मात्रै बोक्न पाइने नियम बनाइए पनि मापदण्डविपरीत सामानहरु बोक्ने गरेका पुल जीर्ण बन्दै गएको हो । शनिबारदेखि सुरु गरिएको मर्मत कार्य पुस ५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP