Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

साग महिला क्रिकेटमा नेपाललाई कास्य, माल्दिभ्सका ९ जना खेलाडीले खाता नै खाेलेनन्

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य हात पारेको हो । 

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको माल्दिभ्स ११ दशमलव ३ बलमा ८ रनमा अलआउट भयो । उसका ९ जना खेलाडीले खाता नैखोल्न सकेनन् । विश्व क्रिकेटमा यति धेरै खेलाडीले खाता नखोलेको दोस्रो पटक हो । माल्दिभ्सकी आइमा एइसहातले मात्र १ रन बनाइन् ।

महिला टी–२० क्रिकेटमा माल्दिभ्सको यो दोस्रो कम स्कोर हो । यसअघि माल्दिभ्स बंगलादेशविरुद्धको खेलमा ६ रनमा अलआउट भएको थियो । जुन विश्व कीर्तिमान थियो ।

बलिङमा नेपालका लागि अञ्जली चन्दले ४ विकेट लिइन् । उनले ४ ओभरमा ३ मेडेन राख्दै १ रन दिएर ४ विकेट लिइन् । यस्तै रुविना क्षेत्री र सीता रानामगरले समान २/२ विकेट लिए ।

जवाफमा नेपालले १ दशमलव १ बलमा बिना विकेटको क्षतिमा लक्ष्य भेट्यायो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP