Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

आगलागी हुदा ४३ जनाको मृत्यु

file photo

एजेन्सी

भारतको दिल्लीस्थित रानी झाँसीमा रहेको अनाज मन्डीमा आइतबार बिहान भएको आगलागीमा परी ४३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा ५० जनाको उद्धार गरिएको छ।

अनाज मन्डीमा रहेको एक कागज उद्योगमा आइतबार बिहान आगलागी हुँदा ४३ जनाको ज्यान गएको हो। प्रारम्भिक जानकारीअनुसार आगलागी विद्युत् सर्ट भएर सुरु भएको थियो। उद्धार कार्य अहिलेसम्म पनि जारी रहेको जनाइएको छ। घाइतेहरूको स्थानीय अरुएमएल अस्पताल र हिन्दू राओ अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

आगलागीको खबर आएपछि आगो निभाउन १५ वटा दमकल घटनास्थलमा पुगेका थिए। मजदुरहरू भित्र सुतिरहेको बेला आगलागी हुँदा धेरैको ज्यान गएको अनुमान गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। ट्विटरमार्फत् उनले भनेका छन्, ‘दिल्लीको अनाज मन्डीमा लागेको आगलागीको घटना निकै डरलाग्दो छ। मेरो संवेदना उनीहरूप्रति छ, जसले आफन्तजन गुमाएका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। प्रशासनको तर्फबाट सम्भव भएसम्मको मद्दत भइरहेको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP