Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

राजपाले सरकारलाई समर्थन गर्ने, महन्थ ठाकुर सभामुख बन्ने पक्का !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच पछिल्लो समय सकारात्मक वार्ता तथा छलफल चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली एपेण्डिसाईटिसको शल्यक्रियापछि अस्पतालबाट हिजोमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा फर्किएका छन् । बालुवाटार फर्किएलगत्तै ओलीले राजनीतिक भेटवार्तालाई तिव्रता दिईरहेका छन् ।

प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । कृष्णबहादुर महरा बला त्कार का ण्डमा मुछिएपछि सभामुख पद रिक्त भएको हो । अहिले सभामुख चयन गर्नुपर्ने चटारो छ । प्रधानमन्त्री ओलीले यसको लागि आन्तरिक गृहकार्य गरिसकेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग ओलीले यसबारेमा आन्तरिक सहमति बनाईसकेको स्रोतको दाबी छ ।

सकेसम्म नेकपाभित्रैबाट सभामुख बनाउनुपर्ने दबाब पार्टीभित्रबाट आएपनि अध्यक्षद्धय ओली र दाहालले यसबारेमा ठोस निर्णय गरिनसकेको स्रोतको दाबी छ । यो बीचमा राजपाले पनि सरकारलाई समर्थन गर्ने हल्ला चलिरहेको छ । यसको पछाडिको रहस्य भनेको सभामुख पदमा पावर शेयरिङ नै मुख्य कुरा हो भन्ने बुझिन्छ । राजपाले सरकारलाई समर्थन गर्ने एउटै शर्त भनेको सभामुख आफ्नो पार्टीबाट बनाईनुपर्ने रहेको छ ।

राजपाको उक्त मागप्रति नेकपाका अध्यक्ष दाहाल सकारात्मक छन् । अर्का अध्यक्ष ओली पनि यसमा सहमत हुनसक्ने आँकलन गरिएको छ । समाजवादी पार्टीले सरकार छोड्ने तयारी गरिरहेको बेला मधेशवादी दलको समर्थन सरकारमा रहिरहोस भन्ने ओली र दाहालको चाहना छ । त्यसैले पनि नेकपाको नेतृत्व सभामुख राजपालाई दिन राजी हुने बुझिएको छ ।

उता, राजपाका पूर्व संयोजक तथा पूराना नेता महन्थ ठाकुर सर्वमान्य नेताको रुपमा परिचित छन् । नेपालका प्रायः ठूला सबै लोकतान्त्रिक आन्दो लनमा उनको भूमिका अग्रणी मोर्चामा थियो । उनको नाममा त्यति विवादपनि नहुने ओली र दाहालको ठम्याई छ । सरकारप्रति मधेशबाट आउने आलो चना र नकारात्मक टिप्पणी मत्थर पार्न महन्थलाई सभामुख दिनेबारे नेकपाभित्र छलफल भएको छ । तर, निर्णय भैसकेको छैन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP