Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

राजपाले सरकारलाई समर्थन गर्ने, महन्थ ठाकुर सभामुख बन्ने पक्का !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच पछिल्लो समय सकारात्मक वार्ता तथा छलफल चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली एपेण्डिसाईटिसको शल्यक्रियापछि अस्पतालबाट हिजोमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा फर्किएका छन् । बालुवाटार फर्किएलगत्तै ओलीले राजनीतिक भेटवार्तालाई तिव्रता दिईरहेका छन् ।

प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । कृष्णबहादुर महरा बला त्कार का ण्डमा मुछिएपछि सभामुख पद रिक्त भएको हो । अहिले सभामुख चयन गर्नुपर्ने चटारो छ । प्रधानमन्त्री ओलीले यसको लागि आन्तरिक गृहकार्य गरिसकेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग ओलीले यसबारेमा आन्तरिक सहमति बनाईसकेको स्रोतको दाबी छ ।

सकेसम्म नेकपाभित्रैबाट सभामुख बनाउनुपर्ने दबाब पार्टीभित्रबाट आएपनि अध्यक्षद्धय ओली र दाहालले यसबारेमा ठोस निर्णय गरिनसकेको स्रोतको दाबी छ । यो बीचमा राजपाले पनि सरकारलाई समर्थन गर्ने हल्ला चलिरहेको छ । यसको पछाडिको रहस्य भनेको सभामुख पदमा पावर शेयरिङ नै मुख्य कुरा हो भन्ने बुझिन्छ । राजपाले सरकारलाई समर्थन गर्ने एउटै शर्त भनेको सभामुख आफ्नो पार्टीबाट बनाईनुपर्ने रहेको छ ।

राजपाको उक्त मागप्रति नेकपाका अध्यक्ष दाहाल सकारात्मक छन् । अर्का अध्यक्ष ओली पनि यसमा सहमत हुनसक्ने आँकलन गरिएको छ । समाजवादी पार्टीले सरकार छोड्ने तयारी गरिरहेको बेला मधेशवादी दलको समर्थन सरकारमा रहिरहोस भन्ने ओली र दाहालको चाहना छ । त्यसैले पनि नेकपाको नेतृत्व सभामुख राजपालाई दिन राजी हुने बुझिएको छ ।

उता, राजपाका पूर्व संयोजक तथा पूराना नेता महन्थ ठाकुर सर्वमान्य नेताको रुपमा परिचित छन् । नेपालका प्रायः ठूला सबै लोकतान्त्रिक आन्दो लनमा उनको भूमिका अग्रणी मोर्चामा थियो । उनको नाममा त्यति विवादपनि नहुने ओली र दाहालको ठम्याई छ । सरकारप्रति मधेशबाट आउने आलो चना र नकारात्मक टिप्पणी मत्थर पार्न महन्थलाई सभामुख दिनेबारे नेकपाभित्र छलफल भएको छ । तर, निर्णय भैसकेको छैन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP