Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

ढाई करोडको लागतमा घोरही पुल बन्ने

कृष्णनगर, कपिलवस्तु

ढाई करोडको लागतमा बन्ने घोरही पुलको आज शिलान्यास गरिएको छ ।
कृष्णनगर नगरपालिकाको नगर योजना बाट ढाई करोडको लागतमा निर्माण हुने घोरही नदिको पुल आरटियो सडकलाई कृष्णनगर-चन्द्रौटा फोरलेन सडकको सम्पर्क सडक हुने र छितुहनी ,सिसहनिया लगायत आधा दर्जन गाउंका सर्वसधारणहरु प्रत्यक्ष नगरपालिका केन्द्रसंग जोडिन्छन । सो पुलको प्रयोग बाट शिवानगर स्थिति श्रीदेवी माध्यमिक विद्यालयमा पढ्न आउने छितुहनी,सिसहनियाका विद्यार्थीहरुलाई समेत सुविधा हुने नगर प्रमख रजत प्रताप शाहले बताउनु भएको छ।


आर्थिक बर्ष ०७५/०७६ को योजनामा पुल निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको थियो । पुलको लम्बाई बढी भएकोले बजेट अपुग देखिएकोले यस आर्थिक बर्षमा नगरको योजनामा समेटी २ करोड ४८ लाख बजेट विनियोजन गरि साढे सात मिटर चौडाई र एक्काईस मिटर लम्बाई भएको पुल निर्माण शुरु गरिएको योजना अधिकृत प्रदीप चौधरी जानकारी दिनुभयो ।


पुल निर्माण भएपछि प्रदेश सरकारले निर्माण शुरु गरेको कृष्णनगर रंगशाला हुँदै छितुहनी, सिसहनिया लगायतका गाउंका सर्वसाधारणलाई कृष्णनगर पुग्न सजिलो हुने स्थानिय राजकुमार नाउको भनाई छ । लगभग पचास बर्ष भन्दा पहिला भारतको आनन्दनगरमा रहेको तत्कालीन गणेश चिनी मिलले बहादुरगंज देखि छितुहनि शिवानगर हुँदै कृष्णनगर सम्म उखु ,काठ ढुवानीका लागि घोरही नदीमा पुल निर्माण गरेको थियो । धेरै दिनसम्म जीर्ण अवस्थामा रहेको पुल केही बर्ष पहिला बाढीले भत्केको सो पुल कृष्णनगर नगरपालिकाले प्राथमिकतामा राखेर निर्माण गर्न शुरु गरेको वडा १ अध्यक्ष तुंगनाथ चौधरीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP