Trending
flash बिचाैलीया र कर्मचारिकाे सेटि्ङ्गमा कृष्णनगर भन्सार, क्यारेन्टाइन बिना ३ ट्रक फल भित्रियाे , राजनीति वनमन्त्री शाहीसँग भारतीय राजदूतले गरे शिष्टाचार भेट राजनीति कुलमानको अडान : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्छौँ खेल सन्दीपविरुद्ध गौशाला-२६ सर्वोच्च नजाने समाज सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने राजनीति माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो अन्तर्राष्ट्रिय बेलायत र अमेरिकाले लगाए उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप समाज पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध समाज गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु flash कपिलवस्तुको चारनम्बरमा नाबालिगमाथि सामुहिक बलात्कार, होटलमा यस्तोसम्म भयो..

शिवपुर बालमैत्री वडा घोषणा

कपिलवस्तु, २८ मंसिर ।

शिवराज नगरपालिका वडा नं. १ भव्य कार्यक्रमका बीच बालमैत्री स्थानीय असल शासन वडा घोषणा भएको छ । स्थानीय भेषभुषा, बाजागाजा, संस्कृतिसहित वडा कार्यालय प्राङ्गणबाट ¥याली निकाली नेपाल आदर्श माविको प्राङ्गणमा आयोजित एक समारोहबीच वडालाई बालमैत्री घोषणा गरिएको हो । शिवराज १ बालमैत्री वडा घोषणासँगै जिल्लामा बालमैत्री घोषणा भएको वडा ४ पुगेको छ । शिवराज नगरपालिकाको वडा नं. ९ जिल्लाको पहिलो बालमैत्री घोषणा भएको वडा हो । त्यसपछि जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० लाई क्रमशः दोस्रो र तेस्रो बालमैत्री वडा घोषणा भएका थिए । चौथो बालमैत्री वडाको रुपमा शिवराज १ घोषणा भएको हो ।

वडाध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ ले निर्दिष्ट गरेका सेवा प्रवाह सम्बन्धी २७ सूचक र संस्थागत विकास सम्बन्धी १२ सूचक गरी कूल ३९ वटा सूचक पूरा भएको जानकारी गरेसँगै वडा नं. १ बालमैत्री स्थानीय असल शासन वडा घोषणा भएको हो । प्रतिवेदन प्रस्तुत गर्दै वडाध्यक्ष जि.सी.ले राष्ट्रिय रणनीति र कार्यन्वयन कार्यविधि २०६८ बमोजिम बालबालिकाको सर्वाङ्गीर्ण विकासका साथै बालअधिकार सुनिश्चितताका सम्पूर्ण सूचक पूरा भएको बताएका छन् । अब हरेक गाउँ टोलमा बाल सञ्जाल गठन गरी अभियानलाई सार्थक बनाउने वडाध्यक्ष जि.सी.ले विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले बालबालिकालाई नैतिक शिक्षा र संस्कारका कुरा सिकाउनुपर्नेमा जोड दिए । प्रदेश सांसद के.सी.ले हरेक बालबालिकाका साथै अभिभावकलाई समेत अहिले नैतिक शिक्षा र संस्कार सिकाउनुपर्ने अवस्था आएको औल्याए । उनले असल व्यक्तित्वहरुको सिद्धान्तलाई अवलम्बन गरी अगाडि बढे मात्र अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे । बालमैत्री वडा घोषणाले मात्र पूरा नहुने बताउँदै प्रदेश सांसद के.सी.ले हरेक नागरिकको व्यवहार परिवर्तनका लागि अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति संयोजक नारायण प्रसाद खनालले कपिलस्तु सामाजिक क्षेत्रमा पछाडि परेको औल्याउँदै अवको लगानी सामाजिक क्षेत्रमा हुनुपर्नेमा जोड दिए । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शिवराज १ लाई बालमैत्री वडा घोषणामा अहोरात्र खट्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै नमूना वडा बनाउन सम्पूर्ण वडाबासी लाग्नुपर्ने जिकिर गरे । राज्यले परिकल्पना गरेको “सुखी नेपाली समृद्ध नेपाल” लाई साकार पार्न अभियानले ठूलो सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले संस्कार परिवर्तन आफैंबाट शुरुवात गर्नुपर्ने बताइन् । उनले वडा तथा नगरभित्र हुने बालहिंसा, बालविवाह, बालश्रम जस्ता घटना हुन नदिन सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् ।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष रामबहादुर चौधरी, नेपाल आदर्श माविका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेल, सेभ द चिल्ड्रेनका राजेन्द्र तुलाधर, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा, स्वास्थ्यकर्मी लेखनाथ पौडेल, समाजसेवी मधुसुदन पोख्रेल, बालसंजालका करण थारु लगायतले अभियान सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा सहयोग पु¥याउने व्यक्तित्व, संघसंस्थाहरुलाई कदर पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । बालबालिकाहरुले गीत नृत्य, कविता प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP