Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

चन्द्रौटामा आँखा शिविर र रक्तदान कार्यक्रम सम्पन्न

कार्यक्रममा ३७ ले गरे रक्तदान, शिविरमा २५० बढीको आँखा जाँच

चन्द्रौटा(कपिलवस्तु), २८ मंसिर ।

हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेड चन्द्रौटाको आयोजनामा चौथो रक्तदान, निःशुल्क आँखा शिविर कार्यक्रम गरिएको छ ।

चन्द्रौटास्थित आवर मदरल्याण्ड एकेडेमी प्राङ्गणमा आयोजित कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने मूल नारासहित आयोजित रक्तदान कार्यक्रममा बुटवल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।

रगतको अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सहकारीले चौथो पटक रक्तदान कार्यक्रम गरेको सहकारीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए । हामीले दान गरेको रगतबाट जो कोहीले पनि जीवनदान पाउने विश्वासका साथ रक्तदान जस्तो पुण्य कार्यलाई निरन्तरता दिएको सुवेदीले बताए ।

यसैगरी सोही कार्यक्रमस्थलमा रण अम्बिका शाह आँखा अस्पताल कृष्णनगर शाखाको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा २सय ५० बढीले आँखा जाँच गराएको आयोजक संस्थाका अध्यक्ष सुवेदीले जानकारी दिए । आँखा जाँचका क्रममा २६ जनामा मोतिया विन्दु फेला परेको बताइएको छ । मोतिया विन्दुको कृष्णनगरमा निःशुल्क सल्यक्रिया हुने आयोजक संस्थाका अध्यक्ष सुवेदीले जनाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP