Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

नेकपाको उपाध्यक्षमा बामदेव गौतम

काठमाडौं ३१ साउन

नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् ।

नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको महासचिव बिष्णु पौडेलले बताएका छन।
पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीलेनै प्रस्ताव गरेको नेकपा स्रोतले जनाएको छ । नेकपाको विधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो ।

गौतमलाई केही दिनयता प्रधामनन्त्री ओलीले फकाइरहेका थिए । उनलाई गत मंगलवारमात्र ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर रात्रिभोज सहित छलफल गरेका थिए । गौतमलाई ओलीले कास्की २ को उपचुनावमा उम्मेदवार बन्नसमेत ओलीले प्रस्ताव गरेका छन् ।

नेकपा बैठकले अन्य पदाधिकारीसमेत सिफारिस गरेको स्रोतले जनाएको छ । साधार अनलाईनखबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP