Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

३० लाख बालबालिकालाई खाेप लगाउन १ लाख स्वयंसेवी खटाउने सरकारकाे तयारी

काठमाण्डौ – सरकारले दादुरा र रुबेलाविरुद्ध खोप अभियानबारे प्रचारप्रसार थालेको छ । 

सबै प्रदेश सरकार र सम्बन्धित निकाय तथा संघ संस्था र समुदायलाई अभियानबारे जानकारी दिँदै प्रचारप्रसार सुरु गरिएको बाल स्वास्थ्य तथा खोप शाखाका खोप सुपरभाइजर भरत भण्डारीले जानकारी दिनुभयो । 

खोपबाट बञ्चित भएका बालबालिकालाई प्राथमिकता दिँदै ३० लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध पूरक मात्रामा खोप दिन चलाउन लागिएको अभियान आउँदो फागुन र चैतमा दुई चरणमा हुने छ । 

खोप अभियानका लागि ५० ठाउँमा खोप केन्द्र राख्ने र एक लाख जना स्वंयसेवी खटाउने सरकारको तयारी छ । 

पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई र दोस्रो चरणअन्तर्गत चैतमा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने खोप सुपरभाइजर भरत भण्डारीले जानकारी दिनुभयो । 

अभियान एक महिनासम्म चल्नेछ । दादुरा र रुबेला खोप अभियानका लागि सरकारले ५६ करोड रुपैयाँ खर्च हुने पनि जनाएको छ । 

सरकारले सन् २०१९ मा नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्य लिएको थियो । तर अझै देशका विभिन्न भागमा दादुरा देखिएपछि सरकारले अभियान चलाउन लागेको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP