Trending
राजनीति धर्मभन्दा माथि उठौँ, देश र जनताका निम्ति काम गरौँ : उपराष्ट्रपति राजनीति कांग्रेसी पढ्दैनन्, कम्युनिष्टले पनि पढ्न छाडिसके : बाबुराम भट्टराई राजनीति २०८४ मा एमालेले बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला : ओली समाज विद्यालयले लिएको भाडाको जग्गामा विद्यार्थीले फलाउँछन् तरकारी राजनीति हिंसा शब्दको बहस नटुंगिएसम्म सदन चल्न दिन्नौँ : प्रचण्ड राजनीति अब भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन : प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय कङ्गोमा तीन अमेरिकीसहित ३७ जनालाई मृत्युदण्डको सजाय अन्तर्राष्ट्रिय चारबुँदे सहमतिपछि गाउँपालिकाका अध्यक्षले तोडे अनशन राजनीति चारबुँदे सहमतिपछि गाउँपालिकाका अध्यक्षले तोडे अनशन समाज गलकोट-दुर्घटनाका मृतकको शव परीक्षण शुरु, आजै परिवारलाई बुझाइने

बेहुलीलाई सिन्दुर हाल्न खाेज्दा बेहुलाकाे हात उठेन, बेहुला पक्षले ४ लाख जरिबाना तिरे

झापा – विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई ४ लाख रुपैयाँ जरिबाना तिरेका छन् । यो झापाको घटना हो । 

मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका २ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । 

वैवाहिक कार्यक्रमअनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डपमै खैलाबैला मच्चिएर बेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो ।   

बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो । बेहुलाको हात नचलेपछि उनी शारीरिक अपाङ्गता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुलाबाट ४ लाख रुपैयाँ जरिबाना लिएका छन् । जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीर भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ । 

बेहुलाले आफू डाक्टर भएको भन्दै बेलुही पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको बेहुली पक्षको आरोप छ । बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग ४ लाख रुपैयाँ लिएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘समाज बसेर विवाहको लागि भएको खर्चको हिसाब गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन ।  विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवै पक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएका थिए ।’   

यसअघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो । विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा बेहुलीको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति समाजले दिलाएको थियो । जसका लागि गाउँपालिकामा सहमतिका लागि छलफल भएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP