हतियार लिएर फरार महिला प्रहरीका ‘प्रेमी’ जनकपुरबाट पक्राउ

धनुषा – जनकपुरधामबाट हतियार लिएर फरार भएका महिला प्रहरीका प्रेमीलाई धनुषा प्रहरीले पक्राउ गरेकाे छ ।

उच्च अदालत जनकपुरका महिला न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी बिहीबार जनकपुरधामबाटै प्रहरीले पक्राउ गरेको हाे । 

हतियारसहित फरार रहेका नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर-८, का शिवेन्द्र यादव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४, रामपुरबाट बन्दुकसहित पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ ।

यादवको मोबाइल ट्रयाक गरेर लोकेशनको आधारमा पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार यादवको मोबाइल ट्रेस गर्दा त्यसको लोकेशन रामपुरमा देखाएपछि पक्राउ गर्न पुगेका प्रहरीलाई हेरेपछि भाग्ने प्रयास गर्दै गर्दा यादवलाई पक्राउ गरेको हाे ।

यादवलाई पक्राउ गरेपछि उनी लुकेर बस्दै आएको आफन्तकाे घरबाट बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । 

उच्च अदालत जनकपुुरका न्यायधीशकी पीएसओ रनिता कुमारी केवटले सोमबार राति हतियार लुटिएकाे उजुरी गरेपछि उनी अनुसन्धानका लागि प्रहरी नियन्त्रणमै रहेकी छिन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP